बिहुँकाेट विकास मन्च बागलुङकाे अध्यक्षमा बेद प्रसाद कडेल

-


     हिडन खबर    
     माघ १ गते २०८२ मा प्रकाशित


बागलुङ पुस ३०

सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ
गठन भएको बिहुँकोट बिकास मञ्चको तेस्रो अधिवेशन बाट अध्यक्षमा सर्वसम्वत रूपमा बेद प्रसाद कँडेल निर्बाचीत हुनु भएको छ ।

उपाध्यक्षमा गाेविन्द प्रसाद कडेल सचिब मणिभद्र कँडेल ,कोषाध्यक्ष चण्डीप्रसाद कँडेल चयन हुनुभएको छ ।कार्यसमितिकाे सदस्यहरूमा हरिलाल कडेल ,जमुना सापकोटा ,काेपिला पुन ,कल्पना गाैतम कडेल ,कृष्णप्रसाद कडेल,लिलाधर ढुंगाना ,देवनारायण सापकोटा ,भीमबहादुर विक धनकुमारी परियार ,दुर्गादत्त रिजाल भक्त बहादुर पुन ,
मनाेहर कडेल र भुमिश्वर कडेल सर्वसम्मत रूपमा चयन भएका छन् ।

बिहुँकाेट समाजले समाजमा आइपर्ने सबै खालको समस्यामा अहिलेसम्म साथ दिदै सहयोग गर्दै आइरहेको
बार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।समाजले मृत्यु भएर दाहासंस्कार गर्न समेत नसकेका परिवारलाई आर्थिक सहयोग गर्दै आएको काेराेना देखि मानव सेवा आश्रममा समेत समाजले सहयोग गरेको जानकारी गराइएको थियो ।