नेपाली कांग्रेसको बिशेश महाधिवेशन बाट सभापतिमा गगन थापा सर्वसम्मत रूपमा चयन

-


     हिडन खबर    
     माघ २ गते २०८२ मा प्रकाशित


काठमाडौं माघ१

“काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति चयन भएका छन्। उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका छन्।

महाधिवेशनले महिला, दलित, आदिवासी जनजाती, मधेशी, मुस्लिम, थारु तथा पिछडिएको क्षेत्रका प्रतिनिधिहरूसहित समावेशी कार्यसमिति गठन गरेको छ।

प्रदेशगत प्रतिनिधित्वमा कोशीदेखि सुदूरपश्चिमसम्म महिला र खुल्ला पदमा सदस्य चयन भएका छन्।

गगन थापाको नेतृत्वमा बनेको यो नयाँ कार्यसमितिले पार्टीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।”