समाचार

संघर्ष जारी छ, अबको ‘युद्ध’ उत्पादन र समृद्धिका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि केन्द्रित हुने बताउनुभएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित ३०औँ जनयुद्ध दिवस कार्यक्रममा सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गर्नुभयो। “जेन जी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्,” उहाँले भन्नुभयो, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ।” संविधान जारी भएको… पुरा पढौ

स्कुल भ्यान दुर्घटनामा ज्यान गुमाएका छात्रप्रति बागलुङ नगरपालिकाको श्रद्धाञ्जली

बागलुङ, माघ २९ — बागलुङ नगरपालिका–३हाडेपाखामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको निधन भएको घटनाप्रति बागलुङ नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको शोक विज्ञप्ति जारी गरेको छ । नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२ माघ २९ गते बिहान करिब ८:३० बजे भएको उक्त दुर्घटनामा परी न्यू एभरेष्ट एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छात्र अमन बोहराको दुःखद निधन भएको हो। नगरपालिकाले दिवंगत छात्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। विज्ञप्तिमा… पुरा पढौ

विद्यालय भ्यान दुर्घटनाप्रति शोक व्यक्त, आज बागलुङका निजी विद्यालयमा शोक बिदा

बागलुङ । बागलुङ नगरपालिका–१, रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीको स्कुल भ्यान दुर्घटनामा एक विद्यार्थीको निधन भएपछि बागलुङका निजी विद्यालयले शोक व्यक्त गर्दै आज शोक बिदा दिएका छन्। माघ २९ गते दिउँसो करिब ४:३० बजे बागलुङ नगरपालिका–३, हाडेपाखामा विद्यालयबाट विद्यार्थीलाई घर पुर्‍याउने क्रममा भ्यान दुर्घटना भएको थियो। दुर्घटनामा भ्यानमा सवार विद्यार्थी, शिक्षक र चालक घाइते भएका थिए भने एक विद्यार्थी अमन बोहोरा को उपचारका क्रममा निधन भएको जनाइएको छ। उक्त दुःखद घटनाप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागलुङ, नेशनल प्याब्सन… पुरा पढौ

समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प

नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्न अभियान सञ्चालन गर्ने घोषणा रुकुम पूर्व, फागुन १ पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गर्नुभएको छ। जनयुद्धको सुरुआतस्थल मानिने आधार इलाका रुकुम पूर्वमै दिवस मनाउँदै उहाँले जनयुद्धका स्मृतिहरू ताजा भएको बताउनुभयो। “यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा ती सबै स्मरणहरू ताजा भएर आएका छन्,” उहाँले भन्नुभयो, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ।” उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा… पुरा पढौ

विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना : एक जनाको मृत्यु, छ जना पोखरा रिफर (नामसहित)

बागलुङ । बागलुङ नगरपालिका–३ रात्माटामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा घाइते भएका २६ जनामध्ये अमन बोहोराेको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २५ जनामध्ये ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचाररत घाइतेहरूमा अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमंग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या… पुरा पढौ

बागलुङमा स्कुल भ्यान दुर्घटना, २३ विद्यार्थी अस्पतालमा भर्ना, ३ जनाको अवस्था गम्भीर

बागलुङ, माघ २९ — बागलुङ नगरपालिका–३ शिवधारा चोकस्थित भित्री सडक खण्डमा आज अपराह्न स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अपराह्न करिब ४:३० बजे बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग३च ८६२१ नम्बरको स्कुल भ्यान विद्यार्थीहरूलाई रातामाटा तर्फ घर छाड्न जाँदै गर्दा सडकबाट करिब ५०/६० मिटर तल खसेको हो। दुर्घटनामा भ्यानमा सवार कति विद्यार्थी थिए भन्ने यकिन विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हालसम्म २३ जना घाइते विद्यार्थीलाई धौलागिरी प्रादेशिक… पुरा पढौ

साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

बागलुङ, बुर्तिबाङ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। बुर्तिबाङमा आयोजित कार्यक्रममा स्थानीय जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उहाँले २०८४ सालमै निर्वाचन होस् भन्ने राजनीतिक दल र जनताको चाहना भए पनि बाध्यात्मक परिस्थिति सिर्जना भएपछि अहिले निर्वाचन हुन गएको बताउनुभयो। उहाँले भदौ २३ र २४ गते भएका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विवेकपूर्ण भूमिका निर्वाह नगरेको भए स्थिति… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास प्रदर्शन तथा जुलुस नगर्न प्रशासनको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, धर्ना, घेराउ तथा भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारीद्वारा जारी अत्यन्त जरुरी सूचनामा हाल देशमा प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण निर्माण भइरहेको उल्लेख गर्दै शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको जनाइएको छ। सूचनामा केही समूह तथा राजनीतिक दलबाट विमानस्थल क्षेत्र र आसपास प्रदर्शन, भेला तथा जुलुस गर्ने भनी सार्वजनिक रूपमा अभिव्यक्त विचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख… पुरा पढौ

तारकेश्वरमा यात्रु प्रतीक्षालय निर्माण

काठमाडौं माघ २८ महिलाहरूलाई एकताबद्ध गर्दै मैत्री, सेवा र अन्तर्राष्ट्रिय समझदारी प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको विश्वकै ठूलो अन्तर्राष्ट्रिय महिला सामाजिक संस्था इनर ह्वील (Inner Wheel) को सक्रियता नेपालमा पनि बढ्दो क्रममा रहेको छ। यससँगै सामाजिक तथा विकासमुखी गतिविधिहरू समेत विस्तार हुँदै गएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–४, बालाजुमा सर्वसाधारण यात्रुको सुविधाका लागि समाजसेवी मन्दिरा श्रेष्ठले आफ्नै निजी लगानीमा यात्रु प्रतीक्षालय निर्माण गर्नुभएको छ। इनर ह्वील क्लब अफ बालाजुकी अध्यक्षसमेत रहनुभएकी श्रेष्ठद्वारा निर्माण गरिएको उक्त प्रतीक्षालयको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।… पुरा पढौ

एचआईभी तथा एड्स सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्न बागलुङमा अभिमुखीकरण

बागलुङ माघ २७ एचआईभी तथा एड्ससँग सम्बन्धित लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले बागलुङमा जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकार, एचआईभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा एचआईभी संक्रमित व्यक्तिप्रति समाजमा देखिने नकारात्मक दृष्टिकोणका कारण उनीहरू सामाजिक, आर्थिक तथा मानसिक रूपमा प्रभावित हुँदै आएको उल्लेख गर्दै त्यसको न्यूनिकरणका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जनस्वास्थ्य अधिकृत संगिता घिमिरे, क्षयकुष्ठ सुपरभाइजर देवप्रकास घिमिरे तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सहजीकरण… पुरा पढौ