
कास्की, असोज ८
लायन्स क्लब अफ पोखरा समृद्धिले कास्कीको पोखरा महानगरपालिका–२६, जल्धारेस्थित श्री अमर ज्योति गाउँफर्क माध्यमिक विद्यालयमा निर्माण गरेको खानेपानी आयोजना विद्यालयलाई हस्तान्तरण गरेको छ।

‘हामी सेवा गर्छौं’ भन्ने मूल नारासहित सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लबले सञ्चालन गरेको ड्रिंकिङ वाटर प्रोजेक्ट–२०२६ अन्तर्गत निर्माण गरिएको खानेपानी आयोजना बिहीबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।

आयोजना हस्तान्तरण कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा डिस्ट्रिक्टका सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन विष्णुहरि फुयाल, लायन हसन गोपाली, डिस्ट्रिक्ट सचिव गणेश जीसी, कोषाध्यक्ष चूडामणि सिलवाल, लायन्स क्लब अफ अन्नपूर्णका पूर्वअध्यक्ष सोनाम सेगाम्पो, डिस्ट्रिक्ट चिफ एडभाइजर मिनराज काफ्ले, एरिया अफ गभर्नर (AOG) महेश पौडेल, मिशन १.५ का लायन महाप्रसाद पाण्डे, विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटा, डिस्ट्रिक्ट जीएसटी कोर्डिनेटर राधिका थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, क्लबका पूर्वअध्यक्ष रजनी श्रेष्ठ, प्रथम उपाध्यक्ष मधु गुरुङ, सह–सचिव इशा होना, कार्यसमिति सदस्य रोशनी लिगललगायत शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न आयोजना प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। उनीहरूले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरे।

लायन्स क्लब अफ पोखरा समृद्धिकी अध्यक्ष सीमा कोइरालाले आयोजना सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले विशेषगरी Norwich & Blackheath High School Team, विद्यालय परिवार तथा सहयोगी दाताहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।












