जैमिनी नगर कांग्रेसको सभापतिमा आचार्य सर्वसम्मत

-


     सुजन आचार्य     
     असाेज ७ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ७ — नेपाली कांग्रेस जैमिनी नगर कार्यसमितिको सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार कुश्मीसेरामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट आचार्य सभापति पदमा सर्वसम्मत चयन भएको नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए।

अधिवेशनले उपसभापतिमा गोविन्द शाही र जमुना कँडेल सापकोटा, सचिवमा ओमकार पौडेल तथा सहसचिवमा रनबहादुर क्षेत्रीलाई चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।