समाचार

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुट दिन माग गर्दै खानेपानी मन्त्री निशा मेहतालाई सुझाव पेश

काठमाडौं, बैशाख ८ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्दै आएका उपभोक्ता संस्थाहरूलाई कर छुट दिन सरकारसँग माग गरेको छ। महासंघले खानेपानी मन्त्रालयमार्फत मन्त्री निशा मेहतालाई सम्बोधन गर्दै पठाएको पत्रमा संयुक्त राष्ट्रसंघले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा स्वीकार गरेको र नेपालको संविधानले समेत स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गरिएको छ। पत्रमा समुदायमा आधारित उपभोक्ता संस्थाहरूले गैरनाफामूलक रूपमा सेवा प्रदान गर्दै आएको… पुरा पढौ

नेपाली चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

काठमाडौं । पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रूपमा सुरु गरेकी छिन्। सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको हो। मुहूर्त कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरेकी थिइन्। निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ। पोस्टरमा एउटा पुरानो… पुरा पढौ

बागलुङमा नागरिक सहजकर्ता प्रहरी खटाइयो

बागलुङ, वैशाख –७ जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीलाई सहज, छिटो, छरितो र बिना कुनै हैरानी प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ। उक्त सहजकर्ता प्रहरीमार्फत सेवाग्राहीहरूले आवश्यक जानकारी, निवेदन दर्ता प्रक्रिया, सेवा लिने तरिका लगायतका विषयमा तुरुन्तै सहयोग प्राप्त गर्न सक्नेछन्। साथै, कार्यालयमा आउने सेवाग्राहीहरूको भीड व्यवस्थापन, सही शाखा वा फाँटमा मार्गनिर्देशन, तथा सेवा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। यस व्यवस्थाले सेवाग्राहीहरूमा देखिने अन्योलता कम गर्ने,… पुरा पढौ

चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको प्रवेश

काठमाडौं, वैशाख ६ निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ। निर्माण पक्षले उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिएको छ। केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई भित्र्याएको हो। यसै साता अभिनेता हेमन्त बुढाथोकी पनि अनुबन्ध भएका छन्। कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दै गर्दा चलचित्रको लाइनअप थप बलियो बन्दै गएको छ। यसअघि नयाँ वर्षको अवसर पारेर अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्धित भएका थिए। सो अवसरमा निर्माण पक्षले चलचित्रको पोस्टर समेत… पुरा पढौ

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

काठमाडौँ, बैशाख ६ — नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीले यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ। विज्ञप्तामा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। “समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा… पुरा पढौ

मानवसेवा आश्रमको सहकार्यमा महिला सञ्जालद्वारा सकारात्मक सोच सम्बन्धी कार्यक्रम सम्पन्न

कास्की बैशाख ५ “तनावमुक्त आमा, खुशी परिवारको आधार” भन्ने मूल नारासहित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशको राजधानी कास्कीमा सम्पन्न भएको छ। पोखरा–६, लेकसाइडस्थित क्रिस्टल महलमा २०८३ साल बैशाख १ गते बिहीबार आयोजित कार्यक्रममा महिलाहरूको मानसिक स्वास्थ्य, पारिवारिक सुदृढीकरण तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीले सहजीकरण गर्नुभयो। उहाँले आमा मानसिक रूपमा सुदृढ र तनावमुक्त भएमा परिवार नै सुखी र समृद्ध बन्ने उल्लेख गर्दै सकारात्मक सोच, आत्मविश्वास र… पुरा पढौ

‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी

‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकीकाठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । “महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ । केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा… पुरा पढौ

गण्डकीमा मन्त्रिपरिषद् फेरबदल, कांग्रेस र एमालेलाई समान मन्त्रालय कास्की, बैशाख २ — पोखरागण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए। विगतको सहमति अनुसार सत्ता साझेदारीमा कांग्रेस र एमालेले समान रूपमा ४/४ मन्त्रालय पाएका छन्। कांग्रेसतर्फका मन्त्रीहरू जित शेरचन (बागलुङ) — अर्थमन्त्री नन्दप्रसाद न्यौपाने — ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रेखा गुरुङ — सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री नम्डु गुरुङ — वन तथा वातावरण मन्त्री यसअघि… पुरा पढौ

केकी अधिकारीले घोषणा गरिन् चलचित्र ‘स्टेशन’

काठमाडौं । नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले चलचित्र ‘स्टेशन’ निर्माणको घोषणा गरेकी हुन् । “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन,” केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । “हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं,” केकी भन्ख्छिन्, “बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ ।” उनले चलचित्र भदौ १९… पुरा पढौ

‘महाराजधिराज’मा पुष्प खड्का मुख्य भूमिकामा

काठमाडौं । चर्चित चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्धित भएका छन्। नयाँ वर्षको अवसरमा निर्माण पक्षले विशेष पोस्टरसहित उनको नाम सार्वजनिक गरेको हो। पोस्टरमा पुष्प दुई विपरीत अवतारमा देखिएका छन्—एकतर्फ राजकीय ठाँटमा श्रीपेच, राजदण्ड र राजर्षि पहिरनसहित; अर्कोतर्फ दुब्लो, कमजोर अवस्थाको नग्न पात्रका रूपमा। यसले कथावस्तु गहिरो र प्रतिकात्मक रहेको संकेत गर्छ। पुष्पले अनुबन्ध गर्दा रगतको औंठाछाप प्रयोग गरेका थिए। उनले यो भूमिकालाई करिअरको ठूलो अवसर र चुनौती मानेका छन्। निर्माण अवधिभर अन्य चलचित्र वा भिडियो सामग्रीमा संलग्न… पुरा पढौ