बागलुङमा चट्याङ लाग्दा दुई महिला घाइते, एउटा भैँसी म¥यो

-


     हिडन खबर    
     असाेज २३ गते २०८३ मा प्रकाशित


बागलुङ ।असाेज २३

बागलुङ नगरपालिका–१० अर्वग सिममा चट्याङ लाग्दा दुई महिला घाइते भएका छन् भने एउटा भैँसी मरेको छ।

बिहीबार दिउँसो करिब ४ः३० बजे स्थानीय मिनबहादुर थापाको घरमा चट्याङ पर्दा ७१ वर्षीया तिलकुमारी थापा र २४ वर्षीया सङ्गीता रोका बेहोस भएका थिए।

उनीहरूलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ लगिएको थियो। उपचारपछि तिलकुमारीको अवस्था सामान्य र सङ्गीताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सङ्गीताको छाती र पेटको भागमा पोलिएको चोट देखिएको छ।

चट्याङका कारण घरको विद्युत् मिटर बक्स र वायरिङ जलेर क्षति भएको छ भने घरनजिकैको गोठमा रहेको एउटा भैँसीसमेत मरेको प्रहरीले जनाएको छ।

हिड्न खबर डट्कममा प्रयाेग भएको स्केज तस्बिर एआई बाट तयार गरिएको