
बागलुङ । बागलुङका प्रविण आचार्य लोकप्रिय कविता प्रतियोगिता ‘द पोएट आइडल जुनियर’को फाइनलमा पुग्नुभएको छ। कवितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै अन्तिम चरणसम्म पुग्न सफल आचार्यलाई विजेता बनाउन भोटको अपिल गरिएको छ।
आफ्नो सिर्जनशीलता, शब्द चयन र भावनात्मक प्रस्तुतिका कारण दर्शक तथा साहित्यप्रेमीको ध्यान आकर्षित गर्न सफल आचार्यको फाइनल यात्राले बागलुङवासीमा खुसी र उत्साह थपेको छ।
फाइनलमा पुगेका आचार्यलाई विजेता बनाउन बागलुङवासी, आफन्त, साथीभाइ, साहित्यप्रेमी तथा शुभचिन्तकलाई आधिकारिक मतदान प्रक्रियामार्फत भोट गर्न आग्रह गरिएको छ।
नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने ‘द पोएट आइडल जुनियर’ले बालबालिका तथा किशोरकिशोरीलाई साहित्य र सिर्जनाका क्षेत्रमा अघि बढ्न प्रेरित गर्दै आएको छ। आचार्यको सफलताले बागलुङको साहित्यिक पहिचानलाई राष्ट्रियस्तरमा थप चिनाउने अपेक्षा गरिएको छ।
बागलुङका प्रतिभा आचार्यलाई विजेता बनाउन देश तथा विदेशमा रहेका बागलुङवासीले समेत साथ र समर्थन जनाउन अपिल गरिएको छ।









