‘आँट दिने र साथ दिने सबैलाई सम्झिएको छु’ : रवि कार्की

-


     हिडन खबर    
     असाेज २४ गते २०८३ मा प्रकाशित


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित कलाकार रवि कार्कीले आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचनपछि कृतज्ञता व्यक्त गर्दै कार्कीले भने, “आँट दिनेहरूलाई पनि सम्झिएको छु, साथ दिनेहरूलाई पनि सम्झिएको छु।” उनले आफ्नो निर्वाचन यात्रामा हौसला प्रदान गर्ने अग्रज कलाकार, शुभचिन्तक, मित्रजन तथा अमूल्य मत दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

कार्कीले प्राप्त माया र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेका छन्।