
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकप्रिय गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
लोकदोहोरी गीतमार्फत नेपाली मौलिक संस्कृति र जनजीवनलाई प्रस्तुत गर्दै आउनुभएका शर्माको नेतृत्वमा कलाकारको हकहित संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र लोकसंगीतको प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
शर्माको निर्विरोध चयनले कलाकार समुदायमा उत्साह थपेको छ। उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।









