बागलुङमा नागरिकमैत्री विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न

-


     हिडन खबर    
     असाेज २३ गते २०८३ मा प्रकाशित


बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा सञ्चालित प्रहरी कर्मचारी लक्षित नागरिकमैत्री विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा सञ्चालित तालिमको समापन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि नागरिक मैत्री घुम्ति प्रशिक्षण तालिमको संचालन गरिएको प्रहरी प्रमुख प्रसाईले बताए ।

तालिमले प्रहरी सेवालाई थप नागरिकमैत्री, प्रभावकारी र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।