बागलुङमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना प्रशिक्षण

-


     हिडन खबर    
     असाेज २३ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज २३
जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायिक प्रहरी सेवा केन्द्र गुठीको आयोजनामा लागुऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बागलुङ नगरपालिका–२ स्थित अमर आदर्श माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा लागुऔषधको जोखिम, यसबाट बच्ने उपाय तथा लागुऔषधविरुद्ध अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।