सुनितामी परियार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा विजयी

-


     हिडन खबर    
     असाेज २४ गते २०८३ मा प्रकाशित


लोकगीत–संगीतमा डेढ दशकको योगदानपछि प्रतिष्ठानको नेतृत्वमा
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा गायिका सुनितामी परियार विजयी भएकी छन्।

प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा सम्पन्न निर्वाचनबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय परियारले आफ्नो निरन्तरको मेहनत र योगदानबाट यो सफलता हासिल गरेकी हुन्।
उनको विजयसँगै कलाकार तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।