समाचार

झिगुपाला सोसाइटीद्वारा विपन्न महिलालाई सिलाई मेसिन, खाना बनाउने मेसिन र फर्निचर सहयोग

बागलुङ । क्यानाडाको झिगुपाला सोसाइटीले आर्थिक रुपमा कमजोर महिलाहरुलाई आयआर्जनमा जोड्न व्यवसायीक सामानहरु सहयोग गरेको छ ।सोसाइटीले उक्त सामान इनर हुइल क्लब अफ बालाजु मार्फत प्रदान गरेको हो । क्यानाडाको भ्यानकुवरमा रहेको सोसाइटीले विगत चार वर्षदेखि विपन्न महिलाहरुलाई विभिन्न व्यवसायिक सामानहरु प्रदान गरि महिला र उनीहरुको परिवारको जिवनमा समृद्धि ल्याउन सहयोग गरि रहेको छ । क्लबले चार जना महिलालाई सिलाई मेसिन र तीन जना महिलालाई खाना बनाउने ग्यास चुल्हो मेसिन र फर्निचर प्रदान गरेको हो । डिएनआर ज्ञानु श्रेष्ठले महिला… पुरा पढौ

लोकगायक डिल्ली पौडेलको नयाँ गीत ‘हेरीनौ फर्केर’ सार्वजनिक

बागलुङ ।बैशाख १६ लोकगायक डिल्ली पौडेलको नयाँ लोकगीत ‘हेरीनौ फर्केर’ सार्वजनिक भएको छ। नयाँ गीतमा डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति रहेको छ। गीतको शब्द तथा लय स्वयं पौडेलकै रहेको छ भने स्वरमा डिल्ली पौडेल, रीना केसी र सुनिल केसीले साथ दिएका छन्। गाउँघरको परिवेश, मौलिक लोकभाका र नेपाली संस्कृतिलाई गीतमार्फत उजागर गर्दै आएका पौडेलका यसअघि ‘पिपलुको पात’, ‘छ छैन मायाले बाटो चिनेको’, ‘बोडी र तरुल’ र ‘केतुकी’ लगायतका गीतहरू पनि चर्चामा रहेका छन्। लोकदोहोरी गीत प्रतिष्ठान बागलुङका जिल्ला सदस्यसमेत… पुरा पढौ

कास्कीका जनप्रतिनिधिलाई बिमा तथा पञ्जीकरणसम्बन्धी अभिमुखीकरण

वैशाख १५, पोखरा कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूसँग बिमा तथा पञ्जीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा प्रमुख पौडेलले बिमा सचेतनामूलक उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कृषकसम्म बिमा सम्बन्धी जानकारी विस्तार गर्न सबै बिमा सेवा प्रदायक संस्थाहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले बिमा दाबी तथा भुक्तानी प्रक्रियामा जटिलता रहेको भन्ने आम सर्वसाधारणको गुनासो रहेको उल्लेख गर्दै उक्त प्रक्रियालाई सरल बनाउन सरकारी निकाय तथा बिमा नियामक निकाय… पुरा पढौ

लागुऔषधसहित एक जना पक्राउ, बागलुङ अदालतबाट ७ दिन म्याद थप

बागलुङ — जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बागलुङ नगरपालिका–८ सिगानामा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका एक युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा साविक तित्याङ गाउँ विकास समिति वडा नं. १ घर भई हाल बागलुङ नगरपालिका–९ बस्ने २५ वर्षीय रञ्जन घर्ती रहेका छन्। प्रहरीले उनको साथमा रहेको “Adidas” लेखिएको कालो झोलाको तलासी गर्दा Phenergan–25 mg Injection ४४ एम्पुल, Buprenorphine Injection ४१ एम्पुल र Diazepam Injection IP ४५ एम्पुल गरी जम्मा १३० एम्पुल लागुऔषध… पुरा पढौ

ग्रान्डी इन्टरनेशनल अस्पताल र इन्टरनेशनल बागलुङ समाजबीच सम्झौता,सेवामा १० प्रतिशत छुट

काठमाडौं ग्रान्डी इन्टरनेशनल अस्पताल र इन्टरनेशनल बागलुङ समाजबीच सम्झौता, सदस्यलाई स्वास्थ्य सेवामा छुटकाठमाडौं, वैशाख १२ — ग्रान्डी इन्टरनेशनल अस्पताल र इन्टरनेशनल बागलुङ समाजबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। गत वैशाख ११ (२४ अप्रिल २०२६) मा हस्ताक्षर भएको उक्त सम्झौता अनुसार समाजका सदस्यहरूले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्नेछन्। सम्झौताको अवधि दुई वर्षको रहने जनाइएको छ। सम्झौताअनुसार ग्रान्डी अस्पतालले समाजका सदस्यहरूलाई अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ। यस अन्तर्गत प्याथोलोजी, रेडियोलोजी, बेड… पुरा पढौ

नेपाली सेनाको कालीजंग गणमा सैन्य आधारभूत तालिम सम्पन्न, ९७ जना दीक्षित

बागलुङ, बैशाख ११ बागलुङस्थित नेपाली सेनाको कालीजंग गणमा सञ्चालित सिसं ९ सैन्य आधारभूत तालिम सम्पन्न भएको छ।शुक्रबार घोडाबाधे व्यारेकमा आयोजित ‘अन्तिम दलेल कवाज’ कार्यक्रमसँगै तालिम समापन भएको हो। कार्यक्रममा ९७ जना नवप्रवेशी सैनिक दीक्षित भएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो। गणको खेलमैदानमा आयोजित समारोहमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापाले नौ महिने आधारभूत तालिममा सहभागी सैनिकहरूले प्रस्तुत गरेको अन्तिम दलेल कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कार वितरण गर्नुभयो। सम्बोधन गर्दै… पुरा पढौ

लेउवा संघमा ‘बिजनेस इन्क्युबेशन’ सम्बन्धी अभिमुखिकरण

लेखनाथ, ०९ बैशाख – लेखनाथ उद्योग वाणिज्य संघमा ‘बिजनेस इन्क्युबेशन’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। लेखनाथ क्षेत्रमा दिगो पर्यटनसँग सम्बन्धित नवप्रवर्तनशील व्यवसायहरूको वृद्धि प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको ३ महिने व्यवसाय प्रवर्द्धन कार्यक्रमबारे जानकारी दिन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ‘द इन्क्युबेटर एकेडेमी’का सञ्चालक निरज खनाल र दिप्ती खकुरेलले बिजनेस इन्क्युबेशन तथा आगामी कार्यक्रमबारे सहजकिरण गरेका थिए। स्वागत मन्तव्य दिँदै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले व्यवसायिक योजना र काम गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि उपयुक्त… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुट दिन माग गर्दै खानेपानी मन्त्री निशा मेहतालाई सुझाव पेश

काठमाडौं, बैशाख ८ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्दै आएका उपभोक्ता संस्थाहरूलाई कर छुट दिन सरकारसँग माग गरेको छ। महासंघले खानेपानी मन्त्रालयमार्फत मन्त्री निशा मेहतालाई सम्बोधन गर्दै पठाएको पत्रमा संयुक्त राष्ट्रसंघले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा स्वीकार गरेको र नेपालको संविधानले समेत स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गरिएको छ। पत्रमा समुदायमा आधारित उपभोक्ता संस्थाहरूले गैरनाफामूलक रूपमा सेवा प्रदान गर्दै आएको… पुरा पढौ

नेपाली चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

काठमाडौं । पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रूपमा सुरु गरेकी छिन्। सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको हो। मुहूर्त कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरेकी थिइन्। निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ। पोस्टरमा एउटा पुरानो… पुरा पढौ

बागलुङमा नागरिक सहजकर्ता प्रहरी खटाइयो

बागलुङ, वैशाख –७ जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीलाई सहज, छिटो, छरितो र बिना कुनै हैरानी प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ। उक्त सहजकर्ता प्रहरीमार्फत सेवाग्राहीहरूले आवश्यक जानकारी, निवेदन दर्ता प्रक्रिया, सेवा लिने तरिका लगायतका विषयमा तुरुन्तै सहयोग प्राप्त गर्न सक्नेछन्। साथै, कार्यालयमा आउने सेवाग्राहीहरूको भीड व्यवस्थापन, सही शाखा वा फाँटमा मार्गनिर्देशन, तथा सेवा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। यस व्यवस्थाले सेवाग्राहीहरूमा देखिने अन्योलता कम गर्ने,… पुरा पढौ