कविता सिम्खडाको नेतृत्वमा लायन्सको बैठक सम्पन्न

-


     हिडन खबर    
     असाेज २४ गते २०८३ मा प्रकाशित


काठमाडौं। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो एडभाइजरी कमिटी बैठक सम्पन्न भएको छ।

जोन चेयरपर्सन कविता सिम्खडाको नेतृत्वमा शनिबार, अक्टोबर १०, २०२६ मा काठमाडौंको बानस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा बैठक आयोजना गरिएको हो।

बैठकको सफल आयोजना, प्रभावकारी समन्वय र व्यवस्थापनका लागि डिस्ट्रिक्ट ३२५ केका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन सिम्खडालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

पाण्डेले बैठकलाई सफल बनाउन सहयोग पुर्‍याउने क्लस्टर चिफ शहदेव बस्नेत र रिजन चेयरपर्सन किरण थापाको भूमिकाको समेत प्रशंसा गरेका छन्। उनले सिम्खडाको सक्रियता, समर्पण र नेतृत्व क्षमताको सराहना गर्दै आगामी दिनमा थप सफलताको शुभकामना दिएका छन्।

बैठकमा सिम्खडाको जिम्मेवारीअन्तर्गत रहेका विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले क्लबहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।