यातायात क्षेत्रका समस्या समाधान गर्न जिसस कास्कीको पहल

-


     हिडन खबर    
     असाेज २४ गते २०८३ मा प्रकाशित


पोखरा, असोज २४
जिल्ला समन्वय समिति (जिसस) कास्कीले यातायात क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले यातायात क्षेत्रका समस्या समाधान, सेवाग्राहीका गुनासा सम्बोधन तथा दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सडक, पार्किङ, चालक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणमा जोड दिए।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले प्राप्त सुझाव र गुनासालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक तथा यात्रालाई सुरक्षित बनाउन पहल भइरहेको जानकारी दिए।

कार्यक्रममा सवारी चाप, तीव्र गति, जथाभावी ओभरटेक, अव्यवस्थित बस बिसौनी, पार्किङ अभाव र लेन अनुशासनलगायत समस्या उठाइएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।

कार्यक्रममा सवारी चाप, तीव्र गति, जथाभावी ओभरटेक, अव्यवस्थित बस बिसौनी, पार्किङ अभाव र लेन अनुशासनलगायत समस्या उठाइएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।

यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख ढाकाराम शर्माले यातायात क्षेत्रका प्रमुख समस्या र समाधानका प्रयासबारे अवधारणा प्रस्तुत गरेका थिए।

जिसस कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारी निकाय, यातायात व्यवसायी, नागरिक समाज, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो।