
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सचिव (बागमती प्रदेश भूगोल) मा निर्वाचित मोडल उषा सुवेदीले आफूलाई मत दिएर विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले प्रतिस्पर्धी भरत बराकोटीसहित सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै निर्वाचनको जितहारले आपसी सम्बन्धमा असर पर्न नहुने बताएकी छन्।
अध्यक्षमा निर्वाचित पशुपति शर्मासहित नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सुवेदीले लोकदोहोरी क्षेत्रको विकास, कलाकारको हकहित र संस्थागत एकताका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्।
‘पदभन्दा ठूलो सम्बन्ध हो, प्रतिस्पर्धाभन्दा ठूलो आत्मीयता र व्यक्तिगत जितभन्दा ठूलो संस्थाको जित हो,’ उनले भनिन्।









