समाचार

सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

काठमाडौं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापानू को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन्। प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जित्न सफल भएकी थिइन् । हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराइ हुन… पुरा पढौ

सत्ता गठबन्धनको चासो संविधान संशोधनमा होइन, सरकार नै होः प्रचण्ड

काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्ता गठबन्धनको चासो संविधान संशोधनभन्दा सरकार नै भएको बताउनुभएको छ । संविधान निगरानी समूहले आयोजना गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । कांग्रेस र एमालेले संविधान संशोधनको जामा पहि¥याएर चाहेको प्रधानमन्त्री र सरकार नै हो भन्ने आफै पुष्टि गरेको उहाँले स्पष्ट गर्नुभयो । ‘जसरी हिजो संविधान निर्माणको बेलामा उहाँहरुको चासो संविधानभन्दा राष्ट्रपति र प्रधानमन्त्रीमा थियो,… पुरा पढौ

“कति राम्रो जिउ तिम्रो” लाेक दाेहाेरी गीत सार्वजानीक

बागलुङ लाेक दाेहाेरी गायिका रितु बाेहाेराकाे कति राम्रो जिउ तिम्रो बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गीतमा चर्चित गायक खेम सेन्चुरी र गायीका बोहोरा आवाज रहेको छ । सर्जक रमेश परियारकाे शब्द संगितमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा चर्चित मोडल पुष्प खड्का, मोडल जुना विश्वकर्मा, र तुलसि गुरूङकाे दमदार अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन बिक्रम चाैहनले गरेका छन भने नवराज उप्रेतीको छायाङ्न, मनोज कार्कीको सम्पादन रहेकाे म्युजिक भिडियाे रितु… पुरा पढौ

भृकुटीमण्डपमा आयोजीत क्यान प्रविधिको प्रदर्शनीमा युवाको चासाे

काठमाडौ ,माघ २६  सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी गर्ने उद्देश्यले ३० औ संस्करणको क्यान इन्फोटेक काठमाडौँमा सुरु भएको छ। प्रदर्शनीमा युवाहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै नयाँ प्रविधिमा यीनिहरूकाे चासो देखिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानको आयोजनामा भृकुटीमण्डपमा मेलाको आयोजना गरिएको हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी, बजार विस्तार एवं उपभोक्ताको चाहानालाई मध्य नजर गर्दै मेला आयोजना गरिएको क्यानका महासचिव चन्द्र विलास पाेखरेलले बताए । क्यानले आयोजना गरेको मेलामा आफुहरूले… पुरा पढौ

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताउनुभयो । ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने… पुरा पढौ

सुधारवाद र उदारवाद होइन, बामपंथ र क्रान्तिकारी लाइन पकड्ने सङ्कल्प गरेका छौंः प्रचण्ड

काभ्रे, २५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं’– उहाँले भन्नुभयो– ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै… पुरा पढौ

माआ‌ेवादी पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले गरे स्वागत

काभ्रे, २५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको हो । तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना, बेथानचोकबाट बद्रिप्रसाद तिमिल्सिनासहित १० जना, र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।… पुरा पढौ

सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

काठमाडौं - गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन' उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् । यति बेला यो चलचित्र नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई… पुरा पढौ

दलित समुदायको विशेषाधिकारलाई सबै क्षेत्रमा दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छः प्रचण्ड

काठमाडौं, २५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभएको छ । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय र राजनीतिक समस्या भएको उल्लेख गर्दै उहाँले यसलाई राजनीतिक रुपमा नै हल गर्न विशेषाअधिकारको नीति आवश्यक रहेको र यसलाई सबैतिर लागु… पुरा पढौ

विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं , हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको छ । हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गर्नुभएको हो । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको थियो । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना  नियन्त्रणमा… पुरा पढौ