राष्ट्रपति रनिङ शिल्डमा जनशिक्षित मावि अर्जेवाको अग्रता,

-


     सुजन आचार्य     
     मंसिर १३ गते २०८३ मा प्रकाशित


कुस्मिसेरा, मंसिर १२ । जैमिनी नगरपालिकामा जारी सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनशिक्षित माध्यमिक विद्यालय अर्जेवाले अग्रता कायम गरेको छ।

मंसिर १२ गतेसम्म सार्वजनिक पदक तालिकाअनुसार जनशिक्षित मावि अर्जेवाले ७ स्वर्ण, ७ रजत र ९ कास्य गरी कुल २३ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।

सर्वोदय जनक माध्यमिक विद्यालयले ७ स्वर्ण, २ रजत र ५ कास्य गरी १४ पदकसहित दोस्रो स्थान हासिल गर्दा राङखानी माध्यमिक विद्यालय ६ स्वर्ण, ५ रजत र १२ कास्य गरी २३ पदकसहित तेस्रो स्थानमा रहेको छ।

त्यस्तै शान्ति माध्यमिक विद्यालयले ५ स्वर्ण, ९ रजत र ३ कास्य गरी १७ पदक जितेको छ। जनता माध्यमिक विद्यालय पैयुँले २ स्वर्ण, ६ रजत र ४ कास्य गरी १२ पदक प्राप्त गरेको छ।

सुन्तलाचौर माध्यमिक विद्यालयले २ स्वर्ण पदक जित्दा जनता माध्यमिक विद्यालय पाहिलेले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक प्राप्त गरेको छ। संस्कृत माध्यमिक विद्यालय र भरतपुरी माध्यमिक विद्यालयले समान १–१ स्वर्ण पदक जितेका छन्।

प्रतियोगितामा विभिन्न विद्यालयबीच पदकका लागि प्रतिस्पर्धा जारी रहेको छ।