राष्ट्रिय धान दिवस २०८२ को शुभकामना सन्देश

-


     हिडन खबर    
     असार १५ गते २०८२ मा प्रकाशित


१५ असार, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीकका रूपमा मनाइने राष्ट्रिय धान दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली कृषक वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दै म सम्मान प्रकट गर्दछु।

धानबाली नेपालका लागि केवल मुख्य खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधारआत्मनिर्भरताको मूल स्तम्भ पनि हो। नेपालको कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान दिने धानबाली हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो अध्यक्ष दाहालले भन्नुभएको छ ।

यस वर्षको नाराले — “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” — उत्पादकत्व वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता स्पष्ट पार्दछ। तर, मल, बीउ र सिँचाइको अभावले गर्दा किसानहरू आज पनि ठूलो कठिनाइ भोग्न बाध्य छन् दाहालले सन्देशमा भन्नुभएको छ ।

मैले नेतृत्व गरेको सरकारको समयमा रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याउँदै समयमै मल आपूर्तिको सुनिश्चितता गरिएको थियो। ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्‍याउन सघन प्रयासहरू गरिएको थियो।

तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीति र व्यवस्थापनका कारण मल र सिँचाइसम्बन्धी समस्या झन् जटिल बन्दै गएको देखिन्छ।

यस अवसरमा म सरकारसमक्ष माग गर्न चाहन्छु—
धान बालीमा सघनता ल्याई खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माण गर्न बीउ, मल, सिँचाइ तथा धान जोनहरूमा पर्याप्त लगानी सुनिश्चित गरियोस्। आत्मनिर्भर अर्थतन्त्रको आधार तयार पार्न धान खेतीमा विदेशी परनिर्भरताको अन्त्य अनिवार्य छ अध्यक्ष दाहालले भन्नुभएको छ ।

अध्यक्ष दाहालले सरकार गम्भीर भएर किसानहरूलाई न्याय दिन सकोस् भन्ने आग्रह गर्दै म भन्न चाहन्छु—
हामी प्रतिपक्षमा बसेर पनि किसानका मुद्दा सशक्त रूपमा उठाउन कटिबद्ध छौं राष्ट्रिय धान दिवसको शुभ अवसरमा सम्पूर्ण कृषक समुदायलाई फेरि पनि हार्दिक शुभकामना भन्नुभएको छ ।