नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण आयोजना हुँदै

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १३ गते २०८२ मा प्रकाशित



काठमाडौं, असार १

नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण यही आइतबार, असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना हुँदैछ।

राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  ।

चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिने भएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा हुने यस विशेष कार्यक्रमको पाककलात्मक प्रस्तुति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरू  सेफ घनश्याम कडेलसेफ दुर्गा खड्का को नेतृत्वमा हुनेछ। उनीहरूले परम्परागत नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तयार पारिएका व्यञ्जनहरूको लाइभ कुकिङ र प्रस्तुति दिनेछन्।

कार्यक्रमलाई सांगीतिक वातावरणमा रमाइलो र ज्ञानमूलक बनाउने तयारी गरिएको आयोजकले जनाएका छन्। अतिथिहरूलाई नेपाली परिकारको मौलिक स्वादसँगै त्यसको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिबारे पनि जानकारी दिइनेछ।

उद्देश्य र महत्व

‘भोजनलिपि स्वाद’ कार्यक्रम नेपाली परिकारको विविधता र स्वास्थ्यवर्धक पक्षलाई प्रवर्द्धन गर्दै नेपाली कृषि, पर्यटन र सांस्कृतिक सम्पदासँग जोडिएको पहिचानलाई उजागर गर्न आयोजित गरिएको हो। नेपाली खाना मात्र खानाको रूपमा नभई, हाम्रो संस्कार, परम्परा र सम्पदाको अंश हो भन्ने सन्देश दिन यो अभियानले सक्रियता देखाउँदै आएको छ।

सहभागी र अपिल

कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, पाककला प्रेमी तथा सांस्कृतिक अभियन्ताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रम अभियानकर्ता  देवी सापकोटाले सबै नेपाली खानामा रुचि राख्ने व्यक्तिहरूलाई सहभागी भई अभियानलाई सहयोग र प्रेरणा दिन आग्रह गरेका छन्।

कार्यक्रम असार १५ गते, आइतबार  दिउँसो ३:३० बजे सिलाैटाे कटेज, अनामनगर, काठमाडौंमा गरिएको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।

कार्यक्रममा नेपाली कृषकले उत्पादन गरेका कृषि उपजकाे
समेत प्रदर्शन गरिने भएको छ ।