
१३ असार, काठमाडौं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार इटाली प्रस्थान गर्नुभएको छ।
उहाँले सम्मेलनको प्रमुख सत्रका साथै सो अवधिमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूमा समेत नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।
परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्।
एफएओ सम्मेलनपश्चात मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजना गरिएका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए।









