जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

-


     हिड्न खबरदाता     
     असार १२ गते २०८२ मा प्रकाशित


बागलुङ, असार १२

सवारी ज्यान तथा अंगभंग कसुर मुद्दाका फरार अभियुक्त हेमन्तबहादुर शाहीलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला बागलुङको साबिक भुकुण्डे गाविस–९ (हाल बागलुङ नगरपालिका–१०) निवासी ५६ वर्षीय शाहीलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

शाहीमाथि सवारी ज्यान तथा अंगभंग मुद्दामा जिल्ला अदालत बागलुङले २०६१ सालको फैसलामा ८ वर्ष ११ महिना १३ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका उनलाई लामो समयको खोजीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार उनलाई २०८१ असार ११ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।