काठमाडौं, असोज २१ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्रमा कार्यकर्तालाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गराउन, विवाह वा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने अवस्थामा आवश्यक प्रक्रिया पुर्याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन…
पुरा पढौ