समाचार

चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री

काठमाडौं । आधुनिक लभस्टोरी चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन्। छायांकनरत यस चलचित्रमा रेखालाई अनुबन्ध गरिएको जानकारी निर्माण पक्षले दिएको हो। चलचित्रको छायांकन केही दिनदेखि चितवनका विभिन्न स्थानमा भइरहेको छ। नयाँ पुस्तालाई लक्षित प्रेमकथामा आधारित ‘फ्रेन्च किस’मा रेखाको प्रवेशसँगै चलचित्र अझ सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ। कार्यकारी निर्माता सौगात बस्नेतले अभिनेत्री रेखा थापाको अनुभव, लोकप्रियता र स्टारडमले चलचित्रलाई नयाँ उचाइ दिने बताए। “रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर… पुरा पढौ

राजनीतिक दलका घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकतामा राख्न FEDWASUN को आग्रह

काठमाडौँ ।माघ२७ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (FEDWASUN) ले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई आफ्ना घोषणापत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रलाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ। महासंघले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकार तथा राजनीतिक दलहरूको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको जनाएको हो। राजनीतिक दलहरू चुनावी घाेषणापत्र जारी गर्ने अवस्थामा रहेको छ खानेपानी र सरसफाइ… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय बागलुङ बाट ४ नाल अवैध भरुवा बन्दुक नियन्त्रणमा

बागलुङ, २७ माघ आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अवैध हातहतियारको दुरुपयोग हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध भरुवा बन्दुक नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। निर्वाचन तथा सार्वजनिक शान्ति–सुरक्षामा खतरा उत्पन्न हुन सक्ने अवस्थाको मूल्यांकन गर्दै बागलुङ जिल्लामा इजाजतपत्र नलिई लुकाइछिपाइ राखिएका हातहतियार (भरुवा बन्दुक) बरामद तथा नियन्त्रण गर्न विशेष अपरेशन टोली परिचालन गरिएको थियो। सो क्रममा स्थानीय नागरिकहरूको सूचना तथा सहयोगमा जिल्लाका विभिन्न स्थानका जंगल, रूखको टोड्का, खोल्सा तथा मानिस नबस्ने घर–गोठमा लुकाइछिपाइ राखिएका १५५… पुरा पढौ

श्री मुक्तिनाथ वेदविद्याश्रमलाई खानेपानी डिस्पेन्सर मेसिन हस्तान्तरण

बागलुङ, माघ २७ समाजमा सामाजिक उत्तरदायित्वसहितको भूमिका निर्वाह गर्ने उद्देश्यले गठन भएका सामाजिक संस्था अन्तर्राष्ट्रिय बिहुँकोट मञ्च र हाम्रो दृष्टि राम्रो दृष्टि जापानले बागलुङको एक शैक्षिक संस्थालाई शुद्ध खानेपानीका लागि वाटर डिस्पेन्सर मेसिन सहयोग गरेका छन्। बागलुङ नगरपालिका–४, कुडुलेमा अवस्थित श्री मुक्तिनाथ वेदविद्याश्रममा संस्कृत विषय अध्ययनरत बटुक, शिक्षक तथा सालग्राम संग्रहालय अवलोकनका लागि आउने भक्तजनलाई तातो र चिसो पानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। संस्थाहरूले गरेको सहयोगले बिद्यालय अध्ययनरत बिद्यार्थी शिक्षक र बिद्यालयमा सालग्राम संग्रहालय… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लेखनाथ, २६ माघ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरूका लागि आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम आइतबार सम्पन्न गरेको छ। तालिमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले यस्ता तालिममार्फत व्यवसायीहरूले जीवनभर उपयोगी हुने ज्ञान हासिल गर्न सक्ने र त्यसले व्यवसायिक जीवनमा सफलता प्राप्त गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले व्यवसायिक जीवनमा कसैले प्रश्न उठाउन नसक्ने स्वाभिमानी जीवनयापनका लागि विभिन्न प्रकारका करसम्बन्धी जानकारी अनिवार्य रहेको उल्लेख गर्दै कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्पष्ट पार्नुभयो। नियतवश कर छल्ने कार्य… पुरा पढौ

बागलुङमा संयुक्त नमुना मतदान केन्द्रको अभ्यास सम्पन्न

बागलुङ, माघ २६ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बागलुङ जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र बन्दै गएका छन्। प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने उद्देश्यले संयुक्त नमुना मतदान केन्द्रको अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म तथा जिल्लास्थित चारवटै सुरक्षा निकायको संयुक्त सहभागितामा बागलुङको खेल मैदानमा उक्त अभ्यास सम्पन्न गरिएको थियो। सो अभ्यास आगामी फागुन २१ गते… पुरा पढौ

बजारमा अण्डाको मूल्य घट्यो

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्यअनुसार ठूलो अण्डा (३० वटा प्रति क्रेट) को मूल्य ३७५ रुपैयाँ र मझौला अण्डाको मूल्य ३३५ रुपैयाँ तोकिएको छ। संघका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नुका साथै भारतबाट ठूलो परिमाणमा आयात भइरहेकाले बजारमा आपूर्ति बढ्दा मूल्य घटेको हो। केही महिनाअघि अण्डाको मूल्य उच्च रहेको थियो। मंसिर महिनामा ठूलो अण्डा प्रति क्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। त्यसपछि क्रमिक रूपमा मूल्य घट्दै… पुरा पढौ

गुठी संस्थानका अध्यक्ष रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्वागत

बागलुङ माघ २६ गुठी संस्थान प्रधान कार्यालयका अध्यक्ष श्री रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमका बीच स्वागत कालिका भगवती मन्दिर मायाको चिनाे स्वरूप प्रदान गरिएको थियोे । कालीका भगवती मन्दिरको दर्शनको लागि बागलुङ आउनुभएका गुठी संस्थानका अध्यक्ष पाेखरेललाई मन्दिर परिसरमा स्वागत गरिएको थियोे । स्वागत कार्यक्रममा कालिका भगवती गुठी व्यवस्थापन समितिका सचिव सचिन खड्का लगायतका पदाधिकारी, सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। समितिले आगामी दिनमा गुठी व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै धार्मिक आस्था र सांस्कृतिक… पुरा पढौ

आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस प्रदेश (क) जुट्यो

प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश सभा (क) ले समन्वय तथा परिचालन समिति गठन गरेको छ। नेपाली काँग्रेस क्षेत्र नं. १ (क) का अध्यक्ष हरीबहादुर जिसी ‘सन्तोष’ को अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन विभिन्न तहसम्म पुग्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदेश सभा (क) का अध्यक्ष हरीबहादुर जिसीका अनुसार क्षेत्र, नगर, पालिका तथा वडा तहसम्म पार्टीका कार्यकर्तालाई… पुरा पढौ

जेन्जीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन्, हामी नै गर्छौं : प्रचण्ड

संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन्। संयोजकसँगको भेटमा उनीहरूले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले जेन्जीका मुद्दाहरूलाई घोषणापत्रमा समावेश गर्नुपर्ने माग राखेका छन्। साथै, पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जेन्जी संयुक्त आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिस्ट पार्टीकै मुद्दा भएको स्पष्ट पारे। उनले भने, “२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं। पुरा पढौ