समाचार

वर्षा शिवाकोटीको प्रवेशसँगै ‘महाराजधिराज’ मा स्टार कलाकारको भीड

काठमाडौं ।बैशाख २६ चलचित्र महाराजधिराज मा कलाकार अनुबन्धको क्रम जारी छ। बलियो स्टार कास्ट बनाउने लक्ष्यका साथ निर्माण पक्षले नायिका वर्षा शिवाकोटीलाई अनुबन्ध गरेको छ। यसअघि आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका थिए। वर्षाको प्रवेशसँगै चलचित्रमा स्टार कलाकारहरूको बाक्लो उपस्थिति देखिएको छ। यसले दर्शकहरूमा चलचित्रप्रति उत्साह थपेको छ। चलचित्रमा जय किशन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिने निश्चित भइसकेको छ।महाराजधिराज लाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्दै छन्। चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ र फिल्म यस वर्षको… पुरा पढौ

२५ वर्षपछि ‘जार’मा भनेजस्तै काम गर्ने अवसर पाएकी छु : झुमा लिम्बूझुमा लिम्बू भन्छिन्— “मैले कल्पना गरेको संगीत अन्ततः ‘जार’मा साकार भयो”

काठमाडौं ।गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र जार मा आफूले चाहेजस्तै खुलेर काम गर्न पाएको बताएकी छन्। करिब २५ वर्षको सांगीतिक यात्रापछि यस्तो अवसर पाएकोमा उनी सन्तुष्ट देखिन्छिन्। “संगीत बनाउँदै जाँदा, काम गर्दै जाँदा, मैले भनेजस्तै प्लेटफर्म चाहिएको थियो। जार ले त्यो अवसर दियो,” झुमा भन्छिन्, “मैले गरिरहेको शैलीको संगीतमा काम गर्नुपर्छ भन्ने सोच भएका व्यक्तिहरू भेटिएपछि मैले ‘नाइँ’ भन्नै परेन।” उनका अनुसार, २५ वर्षको करियरमा पहिलोपटक जार मा भनेजस्तो काम गर्न पाउँदा चित्त बुझेको छ। यद्यपि, सबै कुरा १००… पुरा पढौ

लायन राजन लम्साल लायन्स अन्तर्राष्ट्रिय निर्देशकको इन्डोर्शी पदका उम्मेदवार

काठमाडौं, वैशाख २४ – हिडनखबर डट कमलायन्स क्लब अन्तर्राष्ट्रियका सक्रिय र समर्पित सदस्य लायन राजन लम्सालले अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्शी) पदमा उम्मेदवारी दिएका छन्। उनले आज, २०८२ साल वैशाख २४ गते, आफ्नो मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएका छन्। लम्सालले सामाजिक सञ्जालमार्फत जनाउँदै लेखेका छन्, “तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथको भावना लिएर मैले आज लायन्स अन्तर्राष्ट्रियका लागि अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शी पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएको जानकारी गराउन चाहन्छु।” उनले आगामी जेठ २४ गते काठमाडौंको प्रज्ञा भवन, कमलादीमा… पुरा पढौ

लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव: नेपाली कला, संस्कृति र सिनेमा अन्तर्राष्ट्रियस्तरमा

लन्डन — नेपाली कला, संस्कृति र चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यले थर्ड आई लिमिटेड द्वारा लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गरिँदैछ। आयोजकका अनुसार महोत्सवमा पाँच उत्कृष्ट नेपाली फिल्महरूको प्रदर्शन गरिनेछ, जसले नेपाली सिनेमालाई विश्व समुदायमा चिनाउने अपेक्षा गरिएको छ। थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले महोत्सव नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा एक महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे। “हामी नेपाली परिवेश, संस्कृति र कथावस्तु समेटिएका फिल्महरू लन्डनमा प्रस्तुत गर्दैछौं। यसले न केवल नेपाली सिनेमाको विकासमा टेवा… पुरा पढौ

चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न, कलाकारदेखि नेतासम्मको उपस्थितिमा प्रशंसा बटुल्यो

ललितपुरको क्यूएफएक्स लाभिम हलमा चलचित्र ‘जार’ को भव्य प्रिमियर सम्पन्न भएको छ। सिक्किम र सिलिगुडीमा सफल प्रिमियरपछि नेपालमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, विपिन कार्की, केकी अधिकारी, नेतृ हिसिला यमी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। इन्द्रबहादुर राईको कथामा आधारित यो चलचित्र २२५ वर्ष पुरानो सामाजिक पृष्ठभूमिमा आधारित छ। चलचित्रले संस्कृति, प्रेम, वीरता र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रिमियरमा प्रशंसा बटुल्यो। डा. भट्टराईले ‘जार’ लाई पूर्ण मौलिक चलचित्र भन्दै नयाँ… पुरा पढौ

धार्मिक प्रवचन आत्मसात् गर्दै समाजलाई सत्यको बाटोमा लैजाऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं, वैशाख २३ – उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजान प्रवचन र ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। रामकोटस्थित निर्माणाधीन बद्रीनारायण धामको एक कार्यक्रममा बोल्दै सिंहले “एउटा कानले सुनेर अर्को कानले उडाउने” प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे। धार्मिक कार्यक्रमहरूले असत्यबाट सत्यतर्फ लैजान सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै सिंहले सेवाभावले समर्पित व्यक्तिहरूको मूल्यांकन हुनुपर्ने बताए। उनले अधिकारसँगै दायित्वबोधको आवश्यकता पनि औंल्याए। उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट साथ दिन… पुरा पढौ

‘केही भनेकै छैन’ सार्वजनिक: सुदिप र शान्ती श्रीको मन छुने लोकदोहोरी

काठमाडौं।लोकप्रिय गायक सुदिप अधिकारी र चर्चित गायिका शान्ती श्री परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ। सुदिप अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतका शब्द र संगीत स्वयम् सुदिप अधिकारीले तयार पारेका हुन्। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीतमा कुमार राना मगरको मिक्सिङ र मास्टरिङ रहेको छ। रेकर्डिङको जिम्मा खुमन राना र सुमन रानाले सम्हालेका छन्। भिडियो पक्षमा पनि गीत सशक्त छ। ओवी रायमाझी र जुना विश्वकर्माको मुख्य अभिनय रहेको भिडियोको… पुरा पढौ

बजेट छलफलका लागि खुमलटारमा अर्थमन्त्री र माओवादी अध्यक्षबीच भेट

काठमाडौं, २३ वैशाखनेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज खुमलटारस्थित अध्यक्ष निवासमा भेटवार्ता भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख विपक्षी दलका नेतासँग सल्लाह–विमर्शको प्रक्रिया अघि बढाएका छन्। सोहीक्रममा आज अध्यक्ष दाहालसँगको भेटमा समावेशी, सन्तुलित र आर्थिक पुनरुत्थानमुखी बजेट निर्माणका विषयमा विचार–विमर्श भएको स्रोतले जनाएको छ। भेटमा पूर्वप्रधानमन्त्री दाहालले हालको आर्थिक अवस्था, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका… पुरा पढौ

पोखरामा हजार कन्याको पूजा, हजार ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा, १७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा विशेष कार्यक्रम अन्तर्गत १,००० भन्दा बढी बालिकाको पूजा र ७० वर्ष माथिका १,००० ज्येष्ठ नागरिकको सम्मान हुने भएको छ। कार्यक्रमका प्रचार संयोजक लेखराज ढकालका अनुसार आगामी शनिबार ३ देखि ९ वर्ष उमेर समूहका कन्याहरुको विशेष पूजन हुनेछ भने ज्येष्ठ नागरिकलाई गीता र रामनाम पुस्तक वितरणसहित सम्मान गरिनेछ। महायज्ञमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी भक्तजन सहभागी भइसकेका छन्। १०८ श्रीमद्भागवत पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री… पुरा पढौ

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा

काठमाडौं – इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’मा आधारित फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन्। सौगात मल्लले झण्डै दुई दशकअगाडि ‘जार’ कथा पढेपछि नै यसमा काम गर्ने चाहना बनाएका थिए। उनले २७ वर्षअघि गुरुकुलमा ‘जार’को नाटक हेरे पनि त्यसमा अभिनय गर्ने मौका पाएका थिएनन्। तर आज उनले फिल्ममार्फत त्यो सपना पूरा भएको बताए। “कुनै बेला नाटकमा काम गर्न नपाएको… पुरा पढौ