समाचार

भदौ १ मा संहिताको स्मरण : आदर्श विद्यालयमा ‘संहिता दिवस’ विशेष कार्यक्रम सम्पन्न

बागलुङ, भदौ १२०७५ साल भदौ १ गतेदेखि लागू भएका मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको स्मरणमा बागलुङको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा संहिता दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। बागलुङ जिल्लाको कानुन विषय अध्यापन गर्ने एकमात्र विद्यालयको हैसियतमा रहेको आदर्श विद्यालयले यही दिनलाई संहितासम्बन्धी दिवसका रूपमा मनाउँदै स्थापना दिवसको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र केसी, सहायक प्रधानाध्यापक दिपक सुवेदी, कानुन विषयका शिक्षकहरू ऋषिराम रिजाल, हरिप्रसाद गौतम र सरोज पन्त, साथै नेपाल पत्रकार महासंघका… पुरा पढौ

बागलुङको मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म तिजीमेला तथा धार्मिक महाेत्सव हुने

बागलुङ श्रावण ३१ १५ आ‌ैं सताब्दी देखि चल्दै आएको ऐतिहासिक तीजी मेलालाई यो बर्ष पनि निरन्तरता दिने कार्यक्रम अनुसार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अवस्थित प्रसिद्ध धार्मिक गन्तव्य मालिका भगवती मन्दिर परिसरमानेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालीका तीजकोअवसरमा तीजी मेला हुने भएको छ । मालिका भगवती मन्दिर ब्यवस्थापन समितिकाे संयाेजनमाबागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ काे संगम स्थल मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला आयोजना गरिएको मन्दिर परिसरमा आयोजीत पत्रकार सम्मेलनमा मालिका… पुरा पढौ

नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको परराष्ट्रमन्त्री डा. राणाको भनाइ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासद्वारा आज ललितपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले भारतलाई नेपालको असल छिमेकी राष्ट्रका रूपमा वर्णन गर्नुभयो। उहाँले दुई देशबीचको शताब्दीयौँ पुरानो सम्बन्धका विविध आयामबारे चर्चा गर्दै यसलाई सम्मानपूर्वक अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो। भारतको उल्लेखनीय आर्थिक प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै मन्त्री डा.… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघका महिला उद्यमी टोलीको लेखनाथ भ्रमण

लेखनाथ, साउन ३०बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूको टोली अध्ययन अवलोकन भ्रमणका क्रममा बुधवार लेखनाथ पुगेको छ। लेखनाथ आगमन अवसरमा लेखनाथ उद्योग वाणिज्य संघले टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। संघका महिला उद्यमी समन्वय उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गंगा मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुई संघबीचको आपसी सम्बन्ध सुदृढ गर्दै महिला उद्यमीहरूको अनुभव आदान–प्रदान तथा उद्यमशीलता सम्बन्धी गतिविधिमाथि विस्तृत छलफल गरिएको थियो। बागलुङ महिला विकास समितिकी अध्यक्ष अर्चना कुमारी पालिखेको नेतृत्वमा आएको टोलीका सदस्यहरूले लेखनाथ उद्योग… पुरा पढौ

प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरू माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डबाट स्वागत

काठमाडौं, साउन २९प्रविधि र उद्यमशीलतामा सक्रिय युवा पुस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।पार्टी प्रवेश गर्ने युवाहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बस्नेत, जनता पेन्टका निर्देशक उज्ज्वल पाण्डे र होमकुमार राना रहेका छन्। उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा स्वागत गरेका हुन्।स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा संलग्न युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि माओवादी… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन

काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘मिरमिरे’ को छायांकन सम्पन्न भएको छ। कुल ३५ दिनमा चलचित्रको मुख्य छायांकन कार्य सकिएको हो। चलचित्रको छायांकन काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरू र मकवानपुरको चित्लाङमा गरिएको हो। अहिले चलचित्रको एउटा गीतको छायांकन मात्र बाँकी रहेको निर्देशक यम शेर्पाले जानकारी दिए। अब एउटा गीतको छायांकन गर्न बाँकी छ। समय अनुकूल पारेर छायांकन सम्पन्न गर्नेछौं,” – निर्देशक शेर्पा। ‘मिरमिरे’ यही माघ १ गते प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्रको प्रदर्शन मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको… पुरा पढौ

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बागलुङ, साउन २९ हालको शिक्षण प्रणाली व्यवहारिकभन्दा सैद्धान्तिकमै केन्द्रित रहेको गुनासो भइरहेका बेला बागलुङको एक निजी विद्यालयले सामाजिक विषयलाई व्यवहारिक रूपमा सिकाउने अभ्यास थालेको छ। बागलुङ नगरपालिका–१, रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सामाजिक शिक्षाको ‘भूकम्प’ सम्बन्धी पाठलाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै उदाहरणीय कार्यको सुरुवात गरेका छन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले सामाजिक विषय बहुआयामिक भएको उल्लेख गर्दै, “सामाजिक विषयहरू केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक रूपमा प्रस्तुत गर्नु आवश्यक छ,” भन्नुभयो। उहाँले विद्यार्थी स्वयं सक्रिय भएर प्रस्तुत गरेको… पुरा पढौ

कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध

बागलुङ, साउन २८ बागलुङ नगरपालिका–१३ कालाखोला स्थित कालीगण्डकी करिडोरमा आज बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय बलेवाका अनुसार बिहान करिब ९ः३० बजे सडक भन्दा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्र.स.नि. कृष्ण पोखरेलको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएको छ। टोलीले सम्बन्धित निकायसँग समन्वय गर्दै सडक खुलाउने पहल सुरु गरेको प्रहरीले जनाएको छ। अवरुद्ध स्थान इ.प्र.का. बलेवाबाट करिब ८ किलोमिटर पश्चिमतर्फ पर्ने भएको र सडक सफा… पुरा पढौ

भदौ ६ गते रिलिज हुँदै ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

काठमाडौं – बलियो कलाकार सूचीसहितको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। यसका मुख्य भूमिकामा अभिनेता विजय बराल छन्, जो अलटाइम ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ का नायक पनि हुन्। ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका विजयको अभिनयले देश–विदेशमा दर्शकको प्रशंसा कमाएको थियो। यो चलचित्र हालसम्म नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ, जसले नेपालभित्र र बाहिर गरेर करिब पौने एक अर्ब रुपैयाँको व्यापार गरेको थियो। त्यसपछि मुख्य भूमिकामा आएको… पुरा पढौ

बागलुङको व्यापारिक हैसियत जोगाउन प्रदेश सरकारलाई संयुक्त ध्यानाकर्षण

बागलुङ, साउन २७ – गण्डकी प्रदेशको दोस्रो व्यापारिक केन्द्र र पर्यटन गन्तव्यका रूपमा परिचित बागलुङको आर्थिक हैसियत जोगाउन स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। साबिकको धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको बागलुङमा हाल पर्यटन र घरेलु उद्योगसम्बन्धी गतिविधि सक्रिय रहेका छन्। पोखराबाटपछि दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिने बागलुङको व्यापारिक संरचना कमजोर पार्ने निर्णय भएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। हालै प्रदेश सरकारले उद्योग कार्यालय पुनर्गठन गर्ने निर्णय गर्दै बागलुङबाट हटाउने तयारी गरेको… पुरा पढौ