बाल्टिमोरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अमेरिका शाखाको ऐतिहासिक प्रथम अधिवेशन हुँदै

-


     हिड्न खबरदाता    
     असार २ गते २०८३ मा प्रकाशित


असार २

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाको आयोजनामा अमेरिकाको बाल्टिमोर शहरमा ऐतिहासिक प्रथम अधिवेशन तथा विविध सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली लोकसंस्कृति, भाषा तथा मौलिक कला–साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिका लगायत विभिन्न स्थानमा रहेका नेपाली कलाकार, सर्जक, शुभचिन्तक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिष्ठानको प्रथम अधिवेशनसँगै विविध सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा कलाकारहरूको विशेष सहभागिता रहने बताइएको छ।

आयोजकले यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

नेपाली लोकदोहोरी गीत–संगीतको विकास, संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको उक्त कार्यक्रमलाई अमेरिका बसोबास गर्ने नेपाली समुदायले विशेष चासोका साथ हेरेका छन्।

प्रतिष्ठान अमेरिका शाखाले सबैलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र पहिचानलाई थप उचाइमा पुर्‍याउन सहयोग गर्न आग्रह गरेको छ।