
बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राती बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग १ त ६९८० नम्बरको ट्याक्टर प्याङखोलामा राती १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बताए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ ।
चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको थियो । मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको अहिले शवलाई भिरबाट निकालिएको प्रहरीले जनाएको छ ।दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










