डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम

-


     हिड्न खबरदाता     
     जेठ ३० गते २०८३ मा प्रकाशित


काठमाडौं, जेठ ३० हामी सेवा गर्छौ भन्ने भावनाका स्थापना भएको संसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ का लागि बागमती एरिया अन्तर्गतका रिजन तथा जोनमा आबद्ध करिब १०० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई लक्षित गर्दै पीभीएसटी (PVST) स्कुलिङ कार्यक्रम शनिबार गोङ्गबुस्थित बीजी बैंक्वेटमा सुरु भएको छ।

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेतृत्व विकास, क्लब व्यवस्थापन तथा जिल्ला एवं अन्तर्राष्ट्रिय कार्यक्रमबारे विशेष प्रशिक्षण प्रदान गरिएको छ।

कार्यक्रमको उद्घाटन पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन सत्रपछि प्रेरणादायी वक्ता रामजी अधिकारी को विशेष प्रस्तुति, डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय कार्यक्रमबारे डिष्ट्रिक्ट गभर्नर इलेक्ट रमेश अधिकारी को प्रशिक्षण तथा पदाधिकारीहरूका छुट्टाछुट्टै कक्षा सञ्चालन गरिएको थियो।


गत सातामात्रै चितवनमा २३१ भन्दा बढी क्याबिनेट अफिसरहरूलाई यस्तै प्रकृतिको प्रशिक्षण प्रदान गरिएको थियो। उक्त कार्यक्रममा ६० भन्दा बढी नयाँ क्लब स्थापना गर्ने, १०० भन्दा बढी एमजेएफ (MJF) योगदान जुटाउने तथा विभिन्न उच्चस्तरीय तालिम सञ्चालन गर्ने प्रतिबद्धता लायन्स नेतृत्वले व्यक्त गरेको थियो।

बागमती एरियाको यो प्रशिक्षण कार्यक्रम पनि सोही अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएको छ।