समाचार

नेपाल सधैं आतंकवादको विपक्षमा छ : परराष्ट्रमन्त्री डा. राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादलाई कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ। भारतको काश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री डा. राणाले नेपाल सधैं शान्तिको पक्षमा र आतंकवादको विपक्षमा दृढ रूपमा उभिएको स्पष्ट गर्नुभएको हो। उहाँले भन्नुभयो, “नेपालले आतंकवादका सबै स्वरूप र अभिव्यक्तिहरूको कडा शब्दमा निन्दा गर्दछ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी गतिविधिको सदैव विपक्षमा… पुरा पढौ

यानिमाया रोधी क्लबको १४औं वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमसहित मनाउँदै

राजधानीमा मात्रै दर्जनौं रोधी क्लबहरू सञ्चालनमा रहेका छन्। तीमध्ये, पछिल्लो १३ वर्षदेखि राजधानीको मुटु मानिने गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा निरन्तर रूपमा सञ्चालनमा रहेको यानिमाया रोधी क्लबले अफ्ठ्यारा परिस्थितिहरू पार गर्दै आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष सांगीतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको छ। "यानिमाया रोधी घर—हाम्रो गौरव, हाम्रो सान; कलाकार र संस्कृतिको विकास, कलाकारको उत्थान" भन्ने मूल नाराका साथ स्थापना गरिएको क्लबले हरेक वर्षझैँ यस वर्ष पनि बैशाख २४ गतेदेखि २८ गतेसम्म साँझ ७:३० बजेबाट राति… पुरा पढौ

सरकार परिवर्तनको हल्ला मात्र: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा केवल हल्ला मात्र भएको बताउनुभएको छ। थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो केवल मनोरञ्जनका लागि फैलाइएको हल्ला हुनसक्छ।” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक जानु अघि नेपालमा सरकार परिवर्तनको चर्चा फैलिएको थियो। यस सम्बन्धमा सोधिएका प्रश्नको जवाफमा मन्त्री डा. राणा भन्नुहुन्छ, “सभापतिजी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको हो, कुनै पनि राजनीतिक भेटघाटका लागि… पुरा पढौ

चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड

गोरखा, वैशाख १२, २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले चुनावमा गरेका वाचा कहिल्यै नबिर्सिएको स्पष्ट पारेका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू सरकारमा रहँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरिएको बताए। गाउँपालिका अध्यक्ष विष्णु भट्टले बजेट अभावका कारण सडक, खानेपानी लगायत पूर्वाधार निर्माणमा समस्या रहेको गुनासो राखेका थिए। अध्यक्ष प्रचण्डले भने, “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकार चलाउँदा ती वाचा पूरा गर्न… पुरा पढौ

चलचित्र ‘जार’को ‘ए ठूली’ गीत सार्वजनिक, लाहुरेको प्रेमकथा भावुक ढंगमा प्रस्तुत

काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘जार’को लोकलयमा आधारित गीत ‘ए ठूली’ सार्वजनिक भएको छ। गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर रहेको छ भने शब्द हर्क साउदको र संगीत झुमा लिम्बूले आफैं तयार गरेकी हुन्। प्रेममा रहेका पात्रहरूबीचको दूरी, पर्खाइ र सम्झनालाई गीतले भावुक रुपमा प्रस्तुत गरेको छ। लाहुरे बनेर टाढा रहेका प्रेमीप्रति घरमै बसेर माया र चिन्ता गर्ने प्रेमिकाको कथा गीतको मूल मर्म हो। चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। गीतको भिडियोमा सौगात मल्ल, गीताञ्जली थापा लगायतका कलाकार… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि पोखरामा साइकल र्याली सम्पन्न

पोखरा, वैशाख ११ — पोखरा १७, बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र सामाजिक–धार्मिक सद्भाव फैलाउन आज बिहान भव्य साइकल र्याली सम्पन्न भएको छ। र्यालीको उद्घाटन साइक्ल सिटी पोखराका पूर्व सदस्य तथा लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेन्ड भाइस गभर्नर तेज नारायण पराजुलीले गरेका थिए। र्याली बिरौटा कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, जिरोकिलोमिटर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः बिरौटा फर्किएको थियो। र्यालीमा सयौं स्थानीय, युवा र साइक्लिङप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। महायज्ञका संकल्पकर्ता विजयकृष्ण… पुरा पढौ

कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ मा विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं – चर्चित निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै भदौ १२ गते रिलिज मिति समेत घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनी एक गाउँले घरको आँगनमा उभिएर पछाडि फर्केर हेर्दै गरेको अवस्थामा देखिन्छिन्, जसले उनलाई नवविवाहित युवतीझैं देखाउँछ। पोस्टरमा देखिएको परिवेश — ओइलिएको आँगन, पहाडी घर र बादलको घुम्टोले ढाकिएको पृष्ठभूमिले चलचित्रको कथावस्तुबारे अनेकौं अनुमान गराउँछ। कुनै समयसम्म छोडिएको जस्तो… पुरा पढौ

“के घर के डेरा : घर नं २”—जीवनको गहिरो सत्य बोल्ने कथा जेठ २ गतेदेखि सिनेमाघरमा

काठमाडौं।“पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ...”जीवनको गहिरो सत्य बोकेको यी हरफ चलचित्र *‘के घर के डेरा : घर नं २’*को टिजरबाट लिइएका हुन्, जसले दर्शकको मन र मस्तिष्कमा गहिरो प्रभाव पार्ने प्रयास गरेको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो चलचित्रले मानिसको जीवन, मृत्यु र अस्तित्वबीचको सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्छ। “तेरो–मेरो के कुरा, के घर, के डेरा...” भन्ने भावले हामी सबै अन्ततः एउटै अन्त्यतिर अग्रसर छौं भन्ने यथार्थलाई… पुरा पढौ

जनताको पक्षमा विजय भएको छ : पुर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, बैशाख ११ –पुर्व  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गर्नुभएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पूर्ण बैठकमा पुर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गर्नुभयो। उहाँले अघिल्लो संसद अधिवेशनमा माओवादी केन्द्रको स्पष्ट अडानका कारण प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन बाध्य बनाइएको उल्लेख गर्दै, “यो लोकतान्त्रिक प्रक्रियामा जनताको जित हो,” भन्नुभयो। हुलाकी राजमार्ग अभियान, काठमाडौंको जनप्रदर्शन र तराई–मधेस जागरण अभियानमा… पुरा पढौ

उपप्रधानमन्त्री सिंह र भारतीय मन्त्री भट्टरबीच शिष्टाचार भेट, शहरी विकासमा सहकार्यको चर्चा

काठमाडौं, वैशाख ११ — उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिलासम्बन्धी मन्त्री मनोहरलाल भट्टरबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। भारतीय मन्त्री भट्टरले शहरी विकास मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री सिंहलाई भेट गरेका हुन्। भेटवार्तामा दुई देशबीचको हित, आपसी सम्बन्ध विस्तार तथा शहरीकरणको क्षेत्रमा सहकार्यका सम्भावनाहरू बारे छलफल भएको शहरी विकास मन्त्रालयले जनाएको छ। शिष्टाचार भेटपछि मन्त्रालयका सचिव गोपाल सिग्देलले भने, “भारतले पछिल्लो समय शहरी विकास, फोहोरमैला व्यवस्थापन तथा शहरी यातायातमा उल्लेखनीय प्रगति गरेको छ। ती अनुभवहरू… पुरा पढौ