राज्य लक्ष्मी सुनचाँदी पसलद्वारा मानवसेवा आश्रम बागलुङ शाखालाई आर्थिक सहयोग

-


     हिडन खबर    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका–२ स्थित राज्य लक्ष्मी सुनचाँदी पसलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण कार्यका लागि आर्थिक सहयोग प्रदान गरेको छ। सहयोगस्वरूप रु. ५ लाख २५ हजार २ सय ७५ रूपैयाँ आश्रमलाई हस्तान्तरण गरिएको हो।

पसलका सञ्चालक कविराज, जुन, सफल राज तथा सम्पूर्ण परिवारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगले भवन निर्माण कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। मानवसेवा आश्रमले यस परोपकारी सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै समाजसेवा र परोपकारमा सबैको सहभागिता प्रेरणादायी रहेको उल्लेख गरेको छ।

मानवसेवा आश्रम बागलुङ शाखाले देश तथा विदेशका विभिन्न नेपाली समुदायबाट प्राप्त सहयोगमार्फत आफ्ना सामाजिक कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यस आर्थिक सहयोगले भवन निर्माणलाई थप गति दिने मात्र नभई, आश्रममा सेवा लिन चाहने समुदायका सदस्यहरूलाई सहज सुविधा प्राप्त गर्ने अवसर पनि बढाउनेछ।

महायज्ञको अवसरमा समाज र परोपकारमा योगदान पुर्‍याउन पाएकोमा पसल सञ्चालक परिवारले गर्वको अनुभूति व्यक्त गरेका छन्।