
बागलुङ ।कार्तिक २८
बागलुङ नगरपालिका–८ सिगाना निवासी तथा हाल एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जि.सी (किसान काजी) र इन्द्रा कुमारी जि.सीले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन्।
विदेशमा रहेर पनि जन्मभूमिप्रति समर्पित भावनासहित प्रदान गरिएको यो उदार सहयोगले आश्रमको भवन निर्माण अभियानलाई महत्वपूर्ण टेवा पुगेको आश्रम परिवारले जनाएको छ। सामाजिक उत्तरदायित्व, सेवा र मानवताप्रति गहिरो आस्था प्रकट गर्नेगरी गरिएको यो योगदानले देश–विदेशमा रहेका नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
आश्रम परिवारले जि.सी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै समाजसेवा र मानवताका लागि गरिएको योगदान प्रशंसनीय तथा अनुकरणीय रहेको उल्लेख गरेको छ। साथै, महायज्ञ भोलि शनिबारसम्म सञ्चालन हुने जानकारी दिइएको छ।














