
काठमाडौं— भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ नियुक्त भएकी छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माको सिफारिसमा डा. श्रेष्ठलाई नियुक्त गरिएको हो। उनी केन्द्रमा अस्थायी चिकित्सकका रूपमा कार्यरत रहेकी थिइन्।
यसअघिका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल समाप्त भएपछि पद खाली रहेको थियो।












