बागलुङको गलकोटमा विपद् व्यवस्थापनको तयारी स्वरूप नेपाली सेनाले व्यापक कृत्रिम उद्धार अभ्यास प्रदर्शन गरेको छ। नेपाली सेनाको कालीजंग गण, घोडाबाँधे बागलुङले गलकोट नगरपालिका–३, ५ र ७ को संगमस्थल दरमखोला पुल क्षेत्र (मध्यपहाडी लोकमार्ग) मा यो अभ्यास सञ्चालन गरेको हो। सेनाको अगुवाइमा गरिएको अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा स्थानीय नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। मनसुनको पूर्वसन्ध्यामा सम्भावित विपद्का असर न्यून गर्न र त्यसबाट जोगिने पूर्वतयारी स्वरूप अभ्यास गरिएको कालीजंग गणका गणपती शिवबहादुर अधिकारीले जानकारी…
पुरा पढौ