
संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन्।
संयोजकसँगको भेटमा उनीहरूले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले जेन्जीका मुद्दाहरूलाई घोषणापत्रमा समावेश गर्नुपर्ने माग राखेका छन्। साथै, पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
जेन्जी संयुक्त आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिस्ट पार्टीकै मुद्दा भएको स्पष्ट पारे। उनले भने, “२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं।










