समाचार

गोरखामा प्रचण्डको जनसंवाद: जेन–जी आन्दोलनप्रति समर्थन, अभियान स्थगित

गोरखा, भदौ २३जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९ स्थित विद्युत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको छ। “म जेन–जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु। तपाईंहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्,” — अध्यक्ष प्रचण्ड जनसंवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। देशभर, विशेषतः काठमाडौंसहित विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र समसामयिक राजनीतिक… पुरा पढौ

जेन–जी प्रदर्शनपछि माओवादी केन्द्रको आकस्मिक बैठक, जनजागरण अभियान स्थगित

काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र समसामयिक राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा सम्पन्न भएको छ। बैठकले हालसालै सञ्चालनमा रहेको जनतासँग माओवादी मध्यपहाडी जनजागरण अभियान (पुष्पलाल लोकमार्ग) तत्काल स्थगित गर्ने निर्णय गरेको छ। साथै, भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय पनि गरिएको छ। बैठकमा जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। घाइतेहरूको शीघ्र… पुरा पढौ

जेन–जी आन्दोलनमा प्रहरीको गोली, एकको मृत्यु: अध्यक्ष प्रचण्डद्वारा गहिरो समवेदना

काठमाडौं, भदौ २३ — राजधानीको नयाँबानेश्वर क्षेत्रमा आज भएको जेन–जी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाले देशभर स्तब्धता र गम्भीरता ल्याएको छ। प्रदर्शनका क्रममा घाइते भएका अन्य युवाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्तिपूर्ण प्रदर्शनमा हिंसा हुनु दुःखद भएको बताएका छन्। प्रचण्डले जेन–जी पुस्ताले उठाएका मागहरू—सामाजिक सञ्जालमाथिको… पुरा पढौ

जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने अभियान हो : अध्यक्ष प्रचण्ड

लम्जुङ, भदौ २२ — पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालयमा पुगेको छ। विद्यालयमा आयोजित संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँगको विशेष सम्बन्ध स्मरण गर्दै भने, “म धेरै अघि यहाँ आएको थिएँ। पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ।” उहाँले हालैको लम्जुङ कृषि क्याम्पसको अवलोकन तथा त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान… पुरा पढौ

लम्जुङमा प्रचण्डको बिहानको पदयात्रा : सहिद परिवारसँग भेट, विद्यालय अवलोकन

लम्जुङ, भदौ २२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान लम्जुङको भोर्लेटारमा बिहानको पदयात्रा (मर्निङ वाक) गर्दै जनसंपर्क कार्यक्रम सञ्चालन गर्नुभयो। पदयात्राको क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका सहिद राममणी भट्टराईको निवासमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। उहाँले सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गर्‍यो। विद्यालयको भौतिक संरचना तथा शैक्षिक गतिविधिबारे जानकारी लिँदै अध्यक्ष प्रचण्डले विद्यालयप्रति चासो व्यक्त गर्नुभयो। पदयात्राका क्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय… पुरा पढौ

पुष्पलाल लोकमार्ग अभियान पुनः सुरु गर्न अध्यक्ष प्रचण्ड पोखरामा

पोखरा, भदौ २१ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानलाई पुनः सुरु गर्ने भएको छ। बर्खाको मौसमका कारण अभियान केही समयका लागि रोकिएको थियो। जेठ १२ गते पोखरामा स्थगित गरिएको उक्त अभियान आज (भदौ २१ गते) दिउँसो ३ बजे पोखराको रुपा–१, स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु गरिने कार्यक्रम तय गरिएको छ। साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लाहरूमा पनि यही भदौ… पुरा पढौ

युवा उद्यमीद्वारा ‘जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स’ को औपचारिक शुभारम्भ

नयाँ सोच, उद्यमशीलता र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” नामक यात्रा तथा पर्यटन कम्पनीको शुक्रबार राजधानीमा औपचारिक शुभारम्भ गरिएको छ। गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एक विशेष समारोहमा कम्पनीको उद्घाटन गर्नुभयो। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ युवा उद्यमीहरूले स्थापना गरेको यस कम्पनीमार्फत हिमाल आरोहण, पदयात्रा, ग्रामीण भ्रमण, सांस्कृतिक तथा धार्मिक यात्रा, प्राकृतिक दृश्यावलोकनलगायतका आकर्षक प्याकेजहरू उपलब्ध गराइने जनाइएको छ। उद्घाटन समारोहमा अध्यक्ष भट्टराईले भन्नुभयो, “युवा उद्यमीहरूको यस्तो पहलले… पुरा पढौ

माओवादीको हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव नभएको प्रचण्डको दाबी

काठमाडौं, भदौ २० — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र अखिल नेपाल खेलकुद महासंघको आक्रामक हस्तक्षेप अपरिहार्य रहेको बताएका छन्। अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको सक्रियता बिना खेल क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव नहुने स्पष्ट पारे। उनले विगतमा माओवादी नेतृत्वमा खेलकुद मन्त्रालय हुँदा गुणात्मक सुधार भएको उदाहरण प्रस्तुत गर्दै वर्तमान सरकारलाई खेलकुदप्रति उदासीन भएको आरोप लगाए। “राज्यले ध्यान दिने हो… पुरा पढौ

फोरेक्स जापानको ‘७६ को रंग, Fjpay संग’ अभियान सार्वजनिक

काठमाडौं भदौ २० फोरेक्स जापान कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘७६ को रंग, Fjpay संग’ अभियान सुरु गरेको छ। यस अभियानले नेपालका ७६ जिल्लालाई भावनात्मक रूपमा जोड्ने लक्ष्य लिएको छ। कम्पनीले जापानमा रहेका नेपाली संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक संस्थालाई १० लाख जापानी येन सहयोग प्रदान गर्नेछ, जुन आपतकालीन राहत कोषमा खर्च गरिनेछ। ‘मेरो ठाँउमै फिजिङ’ अभियानअन्तर्गत हरेक महिना एक जिल्ला चयन गरिनेछ र सो जिल्लाको कला, संस्कृति, पर्यटन आदिको प्रचार गरिनेछ। Fjpay एपमार्फत विशेष कुपन कोड प्रयोग गरी निःशुल्क रकम… पुरा पढौ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौं भदौ २० परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रका लागि केवल पेशा मात्र नभई एक मानवीय सेवा पनि भएको बताउनुभएको छ। काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक केयर लर्निङ’ सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी सम्पूर्ण कार्यहरूलाई केवल पेशा वा जागिरको रूपमा मात्र हेर्नु हुँदैन, यो त एक मानवीय सेवा हो।” उहाँले हेरचाह कार्यको अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रिय स्तरमा यसको मूल्याङ्कन न्यून भएको र… पुरा पढौ