समाचार

बागलुङमा मतगणना शुरू

बागलुङ फागुन २२ फागुन २१ गतेभएकाे प्रतिनिसभाकाे निर्वाचनको लागि सदरमुकाम बागलुङमा मतपेटिका आएको लामाेसमयपछि मतगणना गर्ने राजनीति सहमति भएपछि मतगणना कार्य अगाडि बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा शुक्रबार दिउँसोदेखि मतगणना कार्य शुरू भएको हाे । क्षेत्र नम्बर १ बागलुङको मतगणना राजनीति पार्टीहरूले छुट्टाछुट्टै वडा अनुसार मतगणना गर्नुपर्ने अडान लिएको कारण मतगणना गर्न ढिलाइ भएको थियोे । बागलुङ क्षेत्र नम्बर २ काे मतगणना कार्यभने शुक्रबार बिहान १० बजेदेखि जारी रहेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले बताउनुभयो । ९८ हजार… पुरा पढौ

बागलुङ-१ मा सर्वदलीय बैठक सम्पन्न, विहान ११ बजेदेखि मतगणना हुने

बागलुङ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले बागलुङ क्षेत्र नम्बर-१ मा विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ । भर्खरै सर्वदलीय बैठक सक्यौं, विहान ११ बजेदेखि मतगणना सुरु हुन्छ मुख्य निर्वाचन अधिकृत सीता देवी शर्मा अधिकारीले जानकारी दिनुभयो । शर्मा अधिकारीका अनुसार मतगणना दुईवटा पालिकाकाे एक एक वडाको एकैठाउमा मिसाएर गणना हुने भएको छ । पुरा पढौ

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङ । बागलुङमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो। जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ। जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिनुभयो। कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले बताउनुभयो। १० स्थानीय तह रहेको बागलुङमा हाल मतपेटिका संकलनको कार्य जारी रहेको छ। बागलुङ जिल्लामा… पुरा पढौ

बागलुङको अस्थायी केन्द्रमा मतदान सम्पन्नकारागारमा ९६.३६ प्रतिशत मत खस्यो

बागलुङ । बागलुङस्थित जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला कारागार बागलुङमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका छन्। यससँगै कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ। कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिहरूसँग छलफलपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ। बागलुङ जिल्लामा कुल २३० मतदान केन्द्र रहेका छन् भने एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन्। पुरा पढौ

बागलुङमा शान्तिपूर्ण रूपमा मतदान शुरू

बागलुङ फागुन २१ दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा प्रतिनिधि सभाकाे निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान कार्य शुरू भएको छ । बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुशील खड्का बागलुङ नगरपालिका वडा नम्बर ३ कालीका कन्या मन्दिर माध्यमिक बिद्यालयकाे मतदान केन्द्र बाट मतदान गरेका छन् । यस्तै एमाले उमेदवार हिरा बहादुर केसीले काठेखाेला ३  धम्जा केन्द्र बाट मतदान गरेका छन् । यस्तै क्षेत्र नम्बर २ नेपाली कम्युनिस्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले गलकाेट ५… पुरा पढौ

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बागलुङ, फागुन२० प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, बागलुङ अन्तर्गत बुढीगाउँस्थित श्री रमुवा आ.वि. मतदान केन्द्रका मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। निर्वाचन आयोग नेपाल, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२ अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङले जारी गरेको पत्र अनुसार मतदान अधिकृत श्री प्रकाश गैरेलाई जिम्मेवारीबाट मुक्त गरिएको हो। कार्यालयका अनुसार मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गरिएको अभिव्यक्ति र गतिविधिका कारण निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको भन्दै उक्त निर्णय गरिएको जनाइएको छ। निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका,… पुरा पढौ

नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला एवं चैतेदशैं बनभोज

अन्तर्राष्ट्रिय बागलुङ समाज, बागलुङ समाज अमेरिका तथा बागलुङ समाज अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरले संयुक्त रूपमा आयोजना गर्न लागेको नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला २०२६ तथा नयाँ नेपाली वर्ष एवं चैतेदशैं कार्यक्रम आगामी २०२६ अप्रिल ४ र ५ मा अमेरिकाको नर्थ क्यारोलिनामा सम्पन्न हुने भएको छ। गत सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय बागलुङ समाजको कार्यसमिति बैठकले विभिन्न क्षेत्रमा क्षेत्रीय भेला गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, बाग्लुङ समाज अमेरिकाले फेब्रुअरी २१ मा बसेको बैठकमार्फत नर्थ क्यारोलिनामा क्षेत्रीय भेला तथा कार्यसमितिको भौतिक बैठक गर्ने निर्णय… पुरा पढौ

निर्वाचन अवधिमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन कडाइ

बागलुङ, फागुन १९ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग सहमति गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ तथा पेट्रोलियम पदार्थ डिलर व्यवसायीबीच छलफल गरी निर्वाचन अवधिभर पेट्रोलियम पदार्थ अभाव हुन नदिने सहमति गरिएको हो। सहमतिअनुसार निर्वाचन प्रयोजनका लागि खटिएका निकायले पेट्रोलियम पदार्थ माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्नेछ। जिल्लामा जुनसुकै समयमा पनि आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ मौज्दात राख्ने व्यवस्था मिलाइने जनाइएको छ।… पुरा पढौ

बागलुङ जिल्लामा निर्वाचनको तयारी पूरा

बागलुङ फागुन १८ दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा यहीँ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाकाे निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनको लागि चाहिने जनशक्ति मतपेटिका मतपत्र लगायतका सामाग्री लिएर सम्बन्धित मतदान स्थलमा मतदान गराउनकाे लागि टाेली सदरमुकाम बाट हिडेका छन् । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालय बाट सामाग्री लिएर मतदान स्थलमा हिडिरहेकाे जिल्लाकाे १०७ वटा स्थान २३० वटा मतदान स्थल रहेको २ वटा अस्थायी मतदान स्थल गरि २३२ वटा मतदान केन्द्रमा निजामती संस्थाका कर्मचारी शिक्षकहरूलाइ… पुरा पढौ

भक्तपुर क्षेत्र नं. २ का एमाले नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा (एमाले)सँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरूले नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो। उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो। पार्टीमा स्वागत गर्दै संयोजक… पुरा पढौ