
हिड्न खबर डटकम
पोखरा, असोज १७
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी–३२५) नेपाल अन्तर्गत क्षेत्रीय तथा क्लस्टर नेतृत्वलाई थप सक्रिय, प्रभावकारी र समन्वयात्मक बनाउने उद्देश्यले दोस्रो एड्भाइजरी समिति बैठक सम्पन्न भएको छ।

लायन सोनाम गुरुङको रिजन तथा लायन भीमप्रसाद सुवेदीको क्लस्टर अन्तर्गत आयोजित बैठकको संयोजन जोन चेयरपर्सन लायन पम्फा गिरी (पूजा) ले गरेकी थिइन्। लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको आतिथ्यमा पोखराको चिप्लेढुंगास्थित डी भिलेज रेष्टुरेन्ट एन्ड पार्टी होममा शुक्रबार बैठक सम्पन्न भएको हो।
बैठकमा लायन्स क्लब अफ पोखरा सप्तगण्डकी, पोखरा फेवा सिटी, पोखरा सेन्ट्रल सिटी, पोखरा हार्मोनी र पोखरा नेक्ससका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा चिफ एड्भाइजर लायन मिनराज काफ्ले प्रमुख अतिथि, चिफ एओजी लायन महेश पौडेल विशेष अतिथि तथा चिफ एक्जिक्युटिभ कोअर्डिनेटर लायन बसन्त गिरी अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी चिफ एक्जिक्युटिभ डाइरेक्टर लायन चेतन कार्की, डिस्ट्रिक्ट को–चिफ डाइरेक्टरद्वय लायन मदन केसी र लायन चन्द्रप्रसाद अधिकारी, डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर लायन अञ्जु कर्माचार्य, डिस्ट्रिक्ट जीएसटी लायन राधिका थापा, डिस्ट्रिक्ट एडिसनल क्याबिनेट सेक्रेटरी लायन रितु पौडेल, क्लस्टर चिफद्वय लायन भीमप्रसाद सुवेदी र लायन सुशील लम्साल, रिजन चेयरपर्सन लायन सोनाम गुरुङ, डिस्ट्रिक्ट एड्भाइजर लायन विद्या मुल्मी प्रधान र लायन सन्तु क्षेत्री तथा डिस्ट्रिक्ट चेयरपर्सन लायन सुमन ढकालको उपस्थिति रहेको थियो।

बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता विस्तार, ‘मिसन १.५’ अभियान, नेतृत्व विकास, चालु लायन वर्ष २०२६–२७ का कार्यक्रमहरूको समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका पाँच क्लब—लायन्स क्लब अफ पोखरा सप्तगण्डकी, पोखरा सेन्ट्रल सिटी, पोखरा नेक्सस, पोखरा फेवा सिटी र पोखरा हार्मोनीका अध्यक्ष, प्रथम, द्वितीय तथा तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा लायन्स क्लब अफ पोखरा सप्तगण्डकीकी सचिव लायन हरिकला खड्का (शोभा) ले सफल व्यवस्थापन तथा उत्कृष्ट आतिथ्यका लागि लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष लायन विष्णु कुमार जोशी तथा सम्पूर्ण सेन्ट्रल सिटी परिवारप्रति आभार व्यक्त गरिन्।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले यस वर्ष “Leading With Purpose” नारालाई आत्मसात गर्दै सेवा, नेतृत्व विकास तथा संगठन सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ।









