काठमाडौं, साउन ८ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३, धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टरको निर्माण कार्य तत्काल अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। आज धितालस्थित भेडाबारीमा स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले सेन्टरको निर्माण प्रक्रिया अघि नबढेको गुनासो राख्दै अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। उनीहरूले सेन्टरका लागि आवश्यक प्रारम्भिक कार्यहरू — सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण — सकिएको तथा पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी…
पुरा पढौ