समाचार

अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह

काठमाडौं, २४ पुस । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो । हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी… पुरा पढौ

नेपाली चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ

काठमाडौं । पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो ।  वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो । यसै… पुरा पढौ

बागलुङ समाज आयरल्यान्डकाे अध्यक्षमा रामकृष्ण सापकोटा

बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन बाट रामकृष्ण सापकोटाको अध्यक्षमा कार्यसमिति चयन गरेको छ । भेलाले समाजको उपाध्यक्षमा टेक पुन,महासचिवमा कृष्ण सापकोटा,प्रवक्तामा कृष्ण के.सी.कोषाध्यक्षमा दीपक आचार्य,सचिवमा आयुष सापकोटा,सह-कोषाध्यक्षमा बाबुराम कँडेल,सांस्कृतिक संयोजकमा सङ्गीता थापा,रसदस्यहरूमा राम खत्री, सुरक्षा खड्का, राजन कँडेल,प्रदीप क्षेत्री, आस्था खत्री सर्वसम्मत रूपमा चयन भएको प्रवक्ता कृष्ण केसीले बताए । पुरा पढौ

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा: प्रचण्ड

काठमाडौ, २३ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ ।पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताउनुभएको हो। बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जादा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र… पुरा पढौ

आठाै म्याग्दी महाेत्सबमा अभिनेता पल शाह देखि बिश्वकै हाेचा व्याक्ति आउने पक्का

म्याग्दी ,नेपाली चलचित्रका नायक अभिनेता पल शाह बेनि आउने भएका छन ।आईतबार महाेत्सब संयाेजक सुबिन श्रेष्ठले मेलाकाे तयारीका बारेमा थप जानकारी गराउदै पल शाह आउने जानकारी गराउनु भएकाे छ। यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा रहेकाे खुलामंचमा आयोजना गरिएको आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक मेला-२०८१ मा जिल्ला भित्रका कलाकारलाई पहिलाे प्राथमिकतामा राखिएकाे छ । लाेक ,आधुनिक ,पप, लाईभ कनसर्ट हरेक बिधाका कलाकार देखि माेडललाई समेत महाेत्सबमा सहभागी गराउने… पुरा पढौ

हाइकर्स क्लब नेपालको साधारण सभा हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय स्थापना गरि पोखरा र आसपासका क्षेत्रहरुमा हाईकिङ कार्यक्रम संचालन गर्दै आइरहेको हाइकर्स क्लब नेपालको प्रथम साधारण सभा आउँदो शनिबार हुने भएको छ । स्वास्थ्य पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार विगत ५ वर्ष देखि नियमित हाइकिङ कार्यक्रम गर्दै आएकोमा गत वर्ष देखि जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरी सदस्यता वितरण गर्दै आएको अध्यक्ष कृष्ण रानाभाटले वताए । अन्तराष्ट्रिय पर्वतीय संग्राहालयका कर्मचारी प्रविन तुलाचनको निमन्त्रणामा पहिलो… पुरा पढौ

‘एक्टर: टेक वन’को गीत १० लाख भ्युज पुगेपछि हर्कुलसले भने, “यो टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको छु”

काठमाडौं - माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् । उनले भनेका छन्, “यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो,… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, पुस २२ नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

लायन्स क्लब अफ मुक्तिनाथकाे आयोजनामा ५३ जना माेतिया बिन्दु भएका बिरामीको निशुल्क अप्रेसन

बागलुङ । हामी सेवा गर्छाैं भन्ने उदेश्यका साथ गठन भएकोअन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आयोजना र माट्रिका आई केयर सेन्टर काठमाडौंको प्राविधिक सहयोगमा जैमिनी नगरपालिकाको कुश्मिसेरा र बागलुङ नगरपालिकाको वलेवामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको कुश्मिसेरामा पुष १७ गते र वलेवा नारायणस्थानमा पुष १८ र १९ गते संचालन भएको आँखा शिविरमा ६ सय जना बिरामीको उपचार भएकोमा मोतीया विन्दु भएका विरामी छनोटपछि ५३ जना मोतिया विन्दु भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लब… पुरा पढौ