समाचार

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

४ फागुन, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साँझ भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटकाक्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा… पुरा पढौ

‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बीचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।   आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा देउवाले सो धारणा राख्नुभएको हो । उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ खासगरी नेपालजस्ता भूपरिवेष्ठित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यसका माध्यमबाट मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने उहाँले बताउनुभयो ।… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

फागुन ४, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । भेटका क्रममा उहाँहरुका बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्युनिकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन आग्रह

फागुन ४ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली… पुरा पढौ

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान

बाँके ३ फाल्गुन । बाँकेको नेपालगञ्ज ३ एक्लैनि स्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ । दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्ष देखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि जिल्ला प्रशासन कार्यालयद्धारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण… पुरा पढौ

मालिका सेवा समाजद्वारा जेष्ठ नागरिक सम्मान

बागलुङ ।मालिका सेवा समाजको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य इन्द्रलाल सापकोटाले सेवा समाजले गर्ने कार्यले सबैलाइ प्रेरणा मिलेको बताउदै सेवा समाज सबैका निम्ति भरोसा भयको मा खुशी ब्यक्त गर्नु भयो। सोही अबसरमा सापकोटाले नकरात्मकता सबै  क्षेत्रको प्रगतिको बाधक भयको हुदा सबैमा सकरात्मक सोच पैदा गर्न आबस्यक रहेकोे बताउनुभयो। नेसनल प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्माले सस्थाले गरेका विभिन्न नियमित क्रीयाकलापले समाजमा एकता कायम गरेको बताउनु भयो। बा… पुरा पढौ

‘कर्मा’को छायांकन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो । चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो । ‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन… पुरा पढौ

बागलुङ निसीमा ट्रिपर दुर्घटना हुदा एकजनाको मृत्युु

बागलुङको निसीखाेला गाउँ पालिकामा ट्रिपर दुर्घटना हुदा एकजनाकाे  मृत्युु भएको छ । बागलुङ जिल्ला निसीखोला गाउपालीका .-६ लामिडाँडा स्थित मध्यपहाडी लोकमार्गमा रुकुम पूर्वबाट बुर्तिबाङ तर्फ आउदै गरेको ग १ क ६१८९ नं. को टिप्पर सडक देखी अन्दाजी  ५०  मिटर तल खसी दुर्घटना हुदा एकजनाको मृत्युु भएको हाे । शनिबार दिउँसो ३ बजे सडक देखी अन्दाजी ५० मिटर तल टिप्पर दुर्घटना हुदा चालक गुल्मी जिल्ला इस्मा गा.पा.-३ का  अन्दाजी बर्ष ४७ का कृष्ण कुमालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना… पुरा पढौ

जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा, ३ फागुन । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता,… पुरा पढौ

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः प्रचण्ड

मकवानपुर, ३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताउनुभएको छ ।मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको… पुरा पढौ