बेष्ट मोडलको अवार्ड सञ्चिता शाहीलाई प्रदान

-


     हिडन खबर    
     असार २४ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार २४
दोश्रो क्रियटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५ को अवसरमा मोडल तथा नृत्याङ्गना सञ्चिता शाही ‘बेष्ट मोडल’ घोषित भएकी छिन्।

सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत शाहीलाई ‘धेरै माया बोलको’ गीतबाट उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको हो।

नेपाली लोकदोहोरी गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी सञ्चिता शाही र बिकम बुढाथोकीले अभिनय गरेको उक्त म्युजिक भिडियोमा सर्जक तथा गायक कस्तुप पन्तको शब्द–संगीत रहेको छ।
गीतमा स्वर भने लोकप्रिय गायक प्रमोद खरेलले दिएका हुन्।

‘धेरै माया’ बोलको भिडियो कस्तुप पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।
यस म्युजिक भिडियोले युट्युबमा ८ लाखभन्दा बढी पटक हेराइ पाइसकेको आयोजकले जनाएका छन्।

अवार्ड समारोहमा मोडल शाहीको अभिनय, भावभङ्गी, नृत्य र प्रस्तुति शैलिको विशेष प्रशंसा गरिएको थियो।