बागलुङको उपल्लाचौरमा विद्यार्थीलाई स्कुल पोशाक तथा स्टेसनरी सामग्री वितरण

-


     हिडन खबर    
     असार २३ गते २०८२ मा प्रकाशित


बागलुङ, असार २३
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत गण्डकी प्रदेशको बागलुङ जिल्लामा क्रियाशील विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा उपल्लाचौर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्कुल पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक, स्टेशनरीलगायतका आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रम २०८१ साल असार २३ गते विद्यालय प्रांगणमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक गभर्नर लायन दुर्गाप्रसाद हुमागाइ, पूर्व डिस्ट्रिक गभर्नर लायन राजेन्द्र बाताजु लगायत दुई दर्जनभन्दा बढी लायन्स लिडरहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी रहेका क्लबहरूमा लायन्स क्लब धौलागिरी बागलुङ, लायन्स क्लब बागलुङ सिटी, लायन्स क्लब बागलुङ, लायन्स क्लब बागलुङ कालिगण्डकी, लायन्स क्लब बागलुङ युनियन, लायन्स क्लब बागलुङ मुक्तिनाथ, लायन्स क्लब बागलुङ आवाज, लायन्स क्लब बागलुङ ब्लुसिप, लायन्स क्लब बागलुङ प्रोफेशनल र लायन्स क्लब बागलुङ शालिग्राम रहेका थिए।

MISSION 1.5 अन्तर्गत सञ्चालित यस कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक यात्रा सहज बनाउन र उनीहरूलाई आत्मविश्वासी र प्रेरित बनाउने उद्देश्य लिएको आयोजकहरूले जानकारी दिएका छन्।