क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ घोषणा, खगेन्द्र–सुरक्षा मुख्य भूमिकामा

-


     हिड्न खबरदाता     
     असार २६ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार २३
पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंको गौरीघाटमा एक विशेष समारोहबीच चलचित्रको शुभमुहूर्त गरिएको हो।

चलचित्रका निर्देशक दीपेन्द्र के. खनाल हुन्, जसले यसअघि ‘धनपति’, ‘चपली हाइट २’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।
‘क्याप्टेन साब’ थापाको जीवनका संघर्ष, प्रेरणा र सफलताका कथा समेटिएको बायोग्राफिकल ड्रामा हो।

शुभमुहूर्त कार्यक्रममा समाजसेवी तथा व्यवसायी डा. उपेन्द्र महतो, कल्याप समूह र क्याप्टेन रामेश्वर थापाले संयुक्त रूपमा मुहूर्त क्ल्याप दिएर छायांकनको सुरुवात गरेका थिए।

खगेन्द्र, सुरक्षा र सञ्जोगको त्रिकोणीय सहकार्य

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्तसञ्जोग रसाइली मुख्य भूमिकामा छन्।
निर्देशक खनालले यसअघि ‘धनपति’ चलचित्रमा खगेन्द्र र सुरक्षासँग सहकार्य गरिसकेका थिए। तर, यी तीन कलाकारको एकैसाथ पहिलोपटक सहकार्य यस चलचित्रमा देखिने भएको छ।

भदौदेखि छायांकन सुरु, चितवन र काभ्रेलगायत स्थानमा खिचिने

चलचित्रको छायांकन काठमाडौं, चितवनकाभ्रेका विभिन्न रमणीय स्थानहरूमा गरिनेछ।
कृष्णबहादुर थापा चलचित्रका छायाकार हुन्।
निर्देशक खनालले चलचित्रको शुरु छायांकन भदौको पहिलो साताबाट सुरु हुने जानकारी दिएका छन्।

‘फुल इन्टरटेनमेन्ट’ बायोग्राफी बन्ने निर्देशकको दाबी

निर्देशक खनालका अनुसार ‘क्याप्टेन साब’ केवल बायोग्राफिकल फिल्म मात्र नभई सिनेम्याटिक लिबर्टी लिएर तयार पारिने एक फुल इन्टरटेनमेन्ट प्याकेज हुनेछ।

उनका शब्दमा —

“क्याप्टेन साब फरक स्वादको चलचित्र हुनेछ। क्याप्टेन थापाले आकाशमा भोगेका चुनौतीहरू, समाजमा पाइने सम्मान, व्यावसायिक यात्राका उतारचढाव सबै समेटिनेछ। हामीलाई विश्वास छ— यो चलचित्र आफैँमा गज्जबको हुनेछ।”


निर्माण पक्ष, प्राविधिक टिम र सहकार्य

यार्सा स्टुडियोरिच इन्टरटेनमेन्टको सहकार्यमा बन्ने चलचित्रको निर्माणमा निर्देशक दीपेन्द्र के. खनाल, करण श्रेष्ठश्रृष्टिमा खनाल संलग्न छन्।
सिर्जना नापित कार्यकारी निर्माताको भूमिकामा रहेकी छन्।

अन्य प्राविधिक पक्षमा:

सौगात बस्नेत – मुख्य सहायक निर्देशक

भीमसेन शाही ‘रोयल भीमसेन’ – पोस्टर तथा पब्लिसिटी डिजाइन (ट्राइडेन्ट कन्सेप्ट)

अकी थेक्पा, रोहित राज गौतम, विष्णु मैनाली – प्रोडक्सन म्यानेजर

अकी थेक्पा – प्रोडक्सन डिजाइन


‘क्याप्टेन साब’ दर्शकलाई प्रेरणा, मनोरञ्जन र कथा–भावनाको गहिरो अनुभव दिने चलचित्र बन्ने अपेक्षा गरिएको छ। बायोग्राफी आधारित नेपाली फिल्मको यात्रामा यो अर्को महत्त्वपूर्ण अध्याय हुने देखिएको छ।