समाचार

बागलुङमा पहिरोले कालिगण्डकी करिडोर सडक पूर्ण अवरुद्ध

बागलुङ, २०८२ असोज १ — आज बिहान करिब १० बजे बागलुङ जिल्लाको जैमुनी नगरपालिका–८ छिस्तीस्थित कालिगण्डकी करिडोर सडकमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी छिस्ती बागलुङबाट प्रहरी हवल्दार यादब बहादुर कार्कीको नेतृत्वमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक अवरुद्ध भएको स्थान प्रहरी चौकी छिस्ती बागलुङबाट करिब १०० मिटर… पुरा पढौ

प्रचण्डद्वारा पार्टी कार्यालयको निरीक्षण तथा सहिदप्रति श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै आगलागी र तोडफोडको घटनाबाट प्रभावित पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुग्नुभएको छ। उहाँले उक्त कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै जनयुद्ध तथा जेन–जेड आन्दोलनका क्रममा वीरगति प्राप्त सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। अध्यक्ष दाहालले पार्टीको ऐतिहासिक योगदान र सहिदहरूको बलिदानलाई स्मरण गर्दै कार्यालय पुनःनिर्माण तथा सुरक्षाका उपायहरूबारे समेत सरोकारवालासँग छलफल गर्नुभएको जनाइएको छ। पार्टीले घटनाको छानबिन गरी दोषी पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। पुरा पढौ

देशभर बाट भागेका मध्य ८ जना कैदी ,थुनुवा बागलुङमा पक्राउ

बागलुङ भदौ २९ भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनमा देशका विभिन्न कारागारमा कैद सजाय भाेगी रहेका कैदी बन्दीहरू जेल बाट भागेकोमा बागलुङमा ८ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालसुधार केन्द्र साराङकाेटमा थुनुवामा रहेका अभिषेक सुनार,राेजन खत्रीपूर्णलाल विक ,मिलन परियार चितवन कारागार बाट पर्शुराम खत्री , केन्द्रीय कारागार टेकबहादुर विक ,म्याग्दी कारागार जनक पुन र पाेखरा कारागार बाट भागेका बल बहादुर थापा लाई पक्राउ गरेको हाे । पक्राउ परेका ८ जना कैदी थुनुवा जबर्जस्ती करणी ,कर्तव्य ज्यान… पुरा पढौ

माओवादी केन्द्रको भनाइ : संसद विघटनको निर्णयप्रति गम्भीर असहमति

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान संसद विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको पदाधिकारीहरूको आकस्मिक भर्चुअल बैठकले उक्त निर्णयको विरोध गरेको हो। बैठकले संविधानको व्यवस्था विपरीत संसद विघटन गर्ने निर्णयप्रति पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो। बैठकले वर्तमान परिस्थितिको… पुरा पढौ

भ्रष्टाचार र दमनबिरुद्ध छानबिन अस्वीकार भएपछि कार्कीको प्रतिक्रिया : “हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन”

काठमाडौं, भदौ २७ —जेनजी आन्दोलनकारीहरूको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू प्रारम्भिक रूपमा सहमत भए पनि आन्दोलनमा भएको दमन र भ्रष्टाचारबारे उच्चस्तरीय छानबिनको विषयमा असहमति देखिएपछि अन्तरिम सरकार गठन प्रक्रिया अवरुद्ध भएको छ। शीतलनिवासमा भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा (फोनमार्फत) र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, ३४ जनाको मृत्यु र भ्रष्टाचारबारे छानबिन गर्न अस्वीकार गरेका थिए।उच्च स्रोतका अनुसार, दलहरूले छानबिन… पुरा पढौ

जेन-जी आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली, सरकारको दमनप्रति प्रचण्डको तीव्र आलोचना

काठमाडौं, भदौ २६ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनमा सहादत प्राप्त युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारको दमनात्मक रवैयाप्रति तीव्र आलोचना गरेका छन्। उनले आन्दोलनमा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति गहिरो संवेदना व्यक्त गरेका छन्। 🔹 पृष्ठभूमि: जेन-जी पुस्ताको आन्दोलन र सरकारको प्रतिक्रिया जेन-जी पुस्ताले सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको मागसहित सुरु गरेको आन्दोलनले देशभरि व्यापक जनसहभागिता पाएको छ। आन्दोलनको पहिलो दिनमै सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै बर्बर… पुरा पढौ

निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै सेना

काठमाडौं भदौ २६नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युलाई केही खुकुलो बनाउँदै लगेको छ। जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार सूचना प्रकाशित गरी कर्फ्युको समय घटाएको हो। ‘काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले जनाएको छ। पुरा पढौ

बागलुङका चार बजार क्षेत्रमा निषेधाज्ञा जारी

बागलुङ, नेपाल — जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जेनजी समूहको आन्दोलन तथा उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बागलुङ बजार, गलकोट बजार, ढोरपाटन बजार र कुश्मिसेरा बजारमा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले जानकारी दिनुभयो। बागलुङ नगरपालिकाका वडा नं. १, २, ३ र ४, गलकोट नगरपालिकाका वडा नं. ३, ५ र ६, जैमिनी नगरपालिकाको वडा नं. १ (कुश्मिसेरा), तथा ढोरपाटन नगरपालिकाका वडा नं. १, २ र ३ (बुर्तिवाङ बजार) मा आज बिहान… पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति समक्ष राजीनामा पेश गरेका छन्। नेपालको संविधानको धारा ७७ (२) (क) अनुसार, प्रतिनिधिसभामा बहुमतको समर्थन नपाएको कारण देखाउँदै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्। राजीनामापत्रमा उल्लेख गरिएअनुसार, मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिका कारण संविधानअनुसार पद त्याग गर्नुपर्ने अवस्था आएको जनाइएको छ। प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरसहित राजीनामा पत्र राष्ट्रपति कार्यालयमा बुझाएका हुन्। यो घटनाले मुलुकको राजनीतिक भविष्यप्रति नयाँ बहस र सम्भावनाहरूको ढोका खोल्ने देखिन्छ। पुरा पढौ

नरैनापुर गाउँपालिकामा शोक बिदा

बाँके, २४ भाद्र — बाँकेको नरैनापुर गाउँपालिकाले आज मंगलबार शोक बिदा घोषणा गरेको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा जारी जेन–जी आन्दोलनका क्रममा भएको घटनामा नागरिकको मृत्यु र घाइते भएको दुःखद घटनाले गाउँपालिका स्तब्ध बनेको जनाउँदै शोक बिदा दिइएको हो। गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहद्वारा जारी विज्ञप्तिमा २४ भाद्रमा गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरू, सामुदायिक, संस्थागत तथा परम्परागत विद्यालयहरू लगायत सम्पूर्ण संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “२३ भाद्रमा जेन–जीले आयोजना गरेको प्रदर्शनमा १९ जनाले शहादत प्राप्त गर्नुभएको… पुरा पढौ