अकलादेवी मन्दिर परिसरमा लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको सेवामूलक अभियान

-


     हिडन खबर    
     श्रावण ५ गते २०८३ मा प्रकाशित


पोखरा, साउन ५

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले अकलादेवी मन्दिर परिसरमा सरसफाइ, डस्टबिन तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष विष्णुकुमार जोजुको अध्यक्षतामा सोमबार (जुलाई २१) आयोजित कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।

मन्दिर परिसरको सरसफाइसँगै वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनका लागि डस्टबिन तथा आवश्यक सामग्री वितरण गरिएको क्लबले जनाएको छ।

कार्यक्रमले धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता अभिवृद्धि गर्न सहयोग पुग्नुका साथै समुदायमा सामाजिक उत्तरदायित्व र सेवाभावको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको प्रशंसा गर्दै जोन चेयरपर्सन पम्फा गिरीले लायन्स क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता सेवामूलक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन्।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले सामाजिक सेवा, वातावरण संरक्षण तथा समुदाय लक्षित कार्यक्रममार्फत आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।