
बागलुङ, साउन ६ नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बागलुङले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
हरित जलवायु संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बागलुङ नगरपालिका–१ रामरेखास्थित बीपी स्मृति पार्कमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस बागलुङले जनाएको छ।
कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै सरसफाइ अभियान सञ्चालन गरेका थिए।
नेपाली कांग्रेस बागलुङले बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र विकासका आदर्शलाई स्मरण गर्दै वातावरण संरक्षणका गतिविधिमार्फत स्मृति दिवस मनाइएको जनाएको छ














