समाचार

मधुमेह सचेतना कार्यक्रम सञ्चालन

बागलुङ, असार २१ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ युनियन को संयुक्त आयोजनामा मधुमेह (डायबिटिज) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपालको साप्ताहिक कार्यक्रमअन्तर्गत आगामी २०२६ जुलाई ६ मा बागलुङस्थित कालिका मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हाे । डायबिटिज अवेयरनेस” शीर्षकमा सञ्चालन भएको  कार्यक्रममा मधुमेह रोगका कारण, लक्षण, रोकथामका उपाय, स्वस्थ जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रदान गराइकाे लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष… पुरा पढौ

‘संगीत र प्रविधि’ अन्तरक्रिया सम्पन्न

काठमाडौं /सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्वारा आयोजित ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ प्रविधि विज्ञ राजेन्द्र अर्यालले संगीत, अडियो तथा भिडियो निर्माणमा प्रयोग हुने प्रविधि, यसको उपयोगिता तथा बदलिँदो प्रविधिसँग अद्यावधिक रहन सक्ने उपायबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी स्रष्टा, सर्जक, कलाकार तथा अडियो–भिडियो क्षेत्रमा संलग्न व्यक्तिहरूले प्रविधिसम्बन्धी नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएका थिए।परिषद्का अनुसार सिक्ने र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसपटकको कार्यक्रम परम्परागत… पुरा पढौ

निजी क्षेत्र राष्ट्र निर्माणको मेरुदण्ड : मन्त्री रिजाल

पोखरा, असार २० — गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिजालले उद्यमी–व्यवसायी केवल करदाता मात्र नभई राष्ट्र निर्माण र आर्थिक समृद्धिका मेरुदण्ड भएको बताएकी छन्। शनिबार आयोजित लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग, व्यापार र उद्यमशीलताको विकासबिना प्रदेशको आर्थिक समृद्धि सम्भव नभएको बताइन्। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्। मन्त्री रिजालले प्रदेश सरकारले चाँडै उद्योग तथा वाणिज्य नीति ल्याउने तयारी गरिरहेको जानकारी… पुरा पढौ

रोटरी क्लब अफ पोखराको १७औँ पदस्थापन समारोह सम्पन्न

पोखरा। रोटरी क्लब अफ पोखराले आफ्नो १७औँ पदस्थापन समारोह शनिबार पोखरामा सम्पन्न गरेको छ। समारोहमा रोटरी वर्ष २०२६/२७ का अध्यक्ष रो. राजकुमार गुरुङको नेतृत्वमा गठित १९ सदस्यीय नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गराइएको थियो। समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान) का डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरी प्रसाद ढकालले क्लबले विगत १६ वर्षदेखि सामाजिक सेवा, सामुदायिक हित तथा नेतृत्व विकासका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरे। उनले रोटरी वर्ष २०२६/२७ अन्तर्गत साउन… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा खेलकुद प्रतियोगिता सम्पन्न

लेखनाथ, १९ असार लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसरमा सदस्यबीच ब्याडमिन्टन र दौड प्रतियोगिता सम्पन्न गरेको छ। ब्याडमिन्टन प्रतियोगितामा शुभम पार्टी प्यालेसका हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सन्तोष गुरुङ विजेता बने। गण्डकी मल्टी एग्रो फार्मका हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका लक्ष्मण बाँस्तोला उपविजेता भए। दुई समूहले सान्त्वना स्थान पाए। विजेताले क्रमशः रु ३० हजार, १७ हजार र ८÷८ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। महिला दौडमा छाया बसौला… पुरा पढौ

लायन्स क्लब अफ पोखरा चौतारीद्वारा गोकुलधामका गाईलाई पशुआहार सहयोग

पोखरा, १८ असारलायन्स वर्ष २०२६–०२७ को शुभारम्भको अवसरमा लायन्स क्लब अफ पोखरा चौतारीले एक उदाहरणीय सामाजिक कार्य सम्पन्न गरेको छ। क्लबले आफ्नो नयाँ कार्यकालको पहिलो दिन पोखरा–१४, बाच्छेबुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाममा रहेका गाईहरूका लागि पशुआहार तथा खाद्यान्न सामग्री वितरण गरेको हो। एक समारोहका बीच क्लबका अध्यक्ष तथा पूर्व बैंकर गोविन्दप्रसाद ढकालले राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष एवं गोकुलधामका प्रमुख पण्डित कमलनयन गौतमलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। अध्यक्ष ढकालले नयाँ लायन्स वर्षको प्रारम्भ रचनात्मक तथा परोपकारी कार्यबाट गर्नका लागि यो… पुरा पढौ

लेउवा संघमा महिला जनप्रतिनिधि तथा उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

लेखनाथ, १८ असार। लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकाससम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। असार १६ गतेदेखि सुरु भएको तालिम असार १८ गते समापन गरिएको हो। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको आयोजनामा, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिम सञ्चालन गरिएको थियो। कार्यक्रममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो। समापन समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले नेतृत्व… पुरा पढौ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

असार १८, पोखरा कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी बिहीबार जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेका थिए।उक्त अवसरमा प्रमुख लिलाधर पौडेलले अभियानलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै, कुनै पनि अभियान सफल बनाउन जनप्रतिनिधि तथा आम नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुने उल्लेख गर्नुभयो। स्वस्थ… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका आयोजनाको अनुगमन

पोखरा, असार १७ जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारअन्तर्गत कास्की जिल्लामा सञ्चालित विभिन्न विकास आयोजनाको अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा उक्त अनुगमन गरिएको हो। अनुगमन गरिएका आयोजनामध्ये पोखरा–३३ स्थित तल्लो खैरेनी, घोक्रेनी, शिवबस्ती हुँदै गाईगौंडासम्मको बहुवर्षीय सडक आयोजना तथा पोखरा–३१ स्थित स्याङ्खुदी भञ्ज्याङसम्मको ‘सात ताल जोड्ने लिंक रोड’ सडक आयोजना रहेका छन्। तल्लो खैरेनी–गाईगौंडा सडक आयोजनाको लागत अनुमान ५ करोड रुपैयाँ रहेको छ भने सात ताल लिंक रोड आयोजनाको लागत २५ करोड रुपैयाँ… पुरा पढौ

बागलुङमा लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम

सामाजिक सेवामा सक्रिय दुई लायन्स क्लबले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गरेर अस्पतालमा उपचारको लागि आउने विरामीकाे लागि रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गतको साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको 2हो। बागलुङको अस्पताल रोडस्थित रक्तसञ्चार केन्द्रमा आयोजना गरिएकाेआयोजक रक्तदान बाट धाैलागिरि अस्पताल बागलुङमा उपचार गर्न आउने विरामीलाइउपचारमा सहयोग हुने लायन्स क्लबले जनाएको छ… पुरा पढौ