समाचार

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक: अध्यक्ष प्रचण्ड

प्रवासी नागरिकतालाई सरकारले कागजको खोस्टाजस्तो व्यवहार गर्यो: प्रचण्डको आरोप काठमाडौं, भदौ १६ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकमा सम्बोधन गर्दै उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्रीसँग संवाद गरी सार्वजनिक घोषणा गराएको स्मरण गर्नुभयो। उहाँले प्रवासी नेपालीको अधिकार र योगदानको विषयमा पनि सरकारको उदासीनता प्रति आलोचना गर्दै भन्नुभयो, “नागरिकता दिने ऐतिहासिक निर्णय गरियो, तर अहिलेको सरकारले प्रवासी… पुरा पढौ

बडिगाड गाउँपालिका वित्तीय सुशासन मूल्याङ्कनमा जिल्लामै प्रथम

बागलुङ — बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्लाभित्र प्रथम स्थान हासिल गरेको छ। जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ का योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीको अवसरमा बडिगाड गाउँपालिकालाई सम्मान गरिएको हो। कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेलले गाउँपालिका प्रमुख गण्डकी अधिकारीलाई कदर–पत्र प्रदान गर्दै वित्तीय सुशासनमा देखाएको उत्कृष्ट कार्यप्रति सराहना व्यक्त गर्नुभयो। स्थानीय तह, सरकारी कार्यालय तथा गैर–सरकारी संस्थाहरूको समन्वयमा सञ्चालित कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा बडिगाड गाउँपालिकाले उत्कृष्टता प्रदर्शन गरेको जिल्ला समन्वय… पुरा पढौ

सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकमा सम्बोधन गर्दै संगठन निर्माणमा आत्मसमिक्षा र जनसम्पर्क विस्तारको आवश्यकता औंल्याउनुभएको छ। उहाँले पार्टीले जनविश्वास पुनः हासिल गरिरहेको भए पनि त्यसलाई सशक्त संगठनमा रूपान्तरण नगरेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको संकेत देखिएको भन्दै उहाँले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो। प्रचण्डले आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै विगतका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता पनि… पुरा पढौ

🎶 सविन श्रेष्ठको ‘मनका कुरा’ सार्वजनिक

काठमाडौं — गायक सविन श्रेष्ठले नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक गरेका छन्। सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा प्रेममा धोका पाएका व्यक्तिको भावनात्मक कथा समेटिएको छ। गीतमा मायाको खोजीमा थाकेका प्रेमीको एक्लोपन, उदासी र मनको बह पोख्न नपाएको पीडा व्यक्त गरिएको छ। सविनले यसअघि पनि बिछोड र प्रेमको पीडालाई केन्द्रमा राखेर गीतहरू सिर्जना गर्दै आएका छन्। 🎧 प्राविधिक पक्ष गीतको मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलीले गरेका हुन्। भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीले अभिनय गरेका छन्। 🎬 भिडियो निर्माण संकल्प भुजेलले छायांकन… पुरा पढौ

रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी गर्नुस् : अध्यक्ष प्रचण्ड

बुटवल, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। बुटवलको वेलबासमा सम्पन्न लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले नेताकार्यकर्तालाई एक्लै चुनाव लड्न तयार रहन निर्देशन दिनुभयो। उहाँले माओवादीले ल्याएको परिवर्तनको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउन आग्रह गर्नुभयो। प्रचण्डले पार्टीभित्रको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक प्रक्रिया भन्दै माओत्से तुङ, ल्यू साओची र लिन… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल, रुपन्देही — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो। सो अवसरमा “टंकमणि : एक क्रान्तिबीज” शीर्षकको पुस्तक विमोचन पनि सम्पन्न भयो। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले जनयुद्धको समयमा जोखिमपूर्ण… पुरा पढौ

प्रचण्डद्वारा ‘टंकमणिः एक क्रान्तिविजय’ स्मृति ग्रन्थ विमोचन तथा सालिक अनावरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूपन्देहीको बुटवल–११, माझगाउँमा आयोजित एक विशेष समारोहमा कमरेड रामप्रसाद वञ्जाडे ‘टंकमणि’को सालिक अनावरण गर्नुका साथै उहाँको जीवन र योगदान समेटिएको स्मृति ग्रन्थ ‘टंकमणिः एक क्रान्तिविजय’ विमोचन गर्नुभएको छ। शहीद स्मृति प्रतिष्ठान, नेपालद्वारा आयोजित उक्त कार्यक्रमले कमरेड टंकमणिको क्रान्तिकारी योगदान र राजनीतिक जीवनलाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्‍यो। समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय नेता, कार्यकर्ता तथा टंकमणिका परिवारजनको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष प्रचण्डले टंकमणिको साहस,… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुढानीलकण्ठस्थित निवासमा गौरा भित्र्याउनुभयो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार धार्मिक अनुष्ठानसहित गौरा भित्र्याउनुभएको छ। विगत वर्षहरूमा गौरा पूजनका लागि उहाँ धनगढी जाने गर्नुहुन्थ्यो, तर यसपटक धनगढीस्थित निवास पुनर्निर्माणको क्रममा रहेकाले काठमाडौँमै गौरा भित्र्याउनुभएको हो। हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने परम्परा रहेको छ। विभिन्न वनस्पतिबाट निर्मित गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा घर तथा मन्दिरमा धार्मिक विधिअनुसार भित्र्याउने चलन छ। मन्त्री डा. राणाले गौरा पर्व सुदूरपश्चिमेली समुदायको विशिष्ट सांस्कृतिक गौरव भएको बताउँदै, आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत… पुरा पढौ

चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै सो मितिमा चलचित्र रिलिज हुने घोषणा गरेको हो। कैलाश पर्वतमा भगवान शिव र उनका वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो। पोस्टरमा जटाधारी शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेका छन् भने साँढेको निधारमा त्रिशूल देखिन्छ। यसको अर्थ र चलचित्रसँगको सम्बन्धबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी दिएको छैन। पोखरा आसपासका क्षेत्रहरूमा छायांकन गरिएको ‘शिवांश’ अहिले पोस्ट–प्रोडक्सनको चरणमा रहेको… पुरा पढौ

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

काठमाडौं, १३ भदौ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा वैदेशिक लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७–१८ मा धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा मन्त्री राणाले उक्त आग्रह गर्नुभएको हो। बैठकमा नेपालस्थित विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा मन्त्री राणाले सुदूरपश्चिम प्रदेशलाई नेपालकै समृद्धिको प्रवेशद्वारको रूपमा चित्रण गर्दै जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी… पुरा पढौ